वीरगंज, ७ पुस ।
वीरगंज महानगरपालिका–११ श्रीपुरमा आइतवारदेखि च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु भएको छ ।
नेपाल नागरिक फाउन्डेशनले आयोजना गरेको तीन दिने च्याउ खेतीसम्बन्धी व्यावसायिक प्रविधि तालीमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष अजयकुमार बरैले गरेका थिए । उनले सहजरुपमा गर्न सकिने च्याउ खेतीबारे महिलाहरुलाई प्राविधिक तालीम दिएर आयआर्जनतर्फ उन्मुख गराउन सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रशिक्षक मिथिला साहले सहभागीहरुलाई च्याउ खेतीबारे तालीम दिंदैछन् ।
कार्यक्रममा वडासचिव उमेश शर्मा, वडा सदस्य मुस्तकिम हवारी, जगन महतो धानुक, सुन्दर कुर्मी, प्रयाग महतो, प्रद्युमन सेढाइलगायतको सहभागिता थियो ।

प्रतिक्रिया