वीरगंज, ७ पुस । डिएभी रूक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतवारदेखि शुरू भएको छ ।
आइतवार डिएभी स्कुल र मनकामना माविबीच भएको थियोे । मनकामनाले डिएभीलाई २–० को अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच मनकामनाका हिमेश चौधरी घोषित भए ।
विद्यालयका संस्थापक शंकरलाल केडियाको ८९औं जन्मजयन्तीका अवसरमा पुस ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने प्रिन्सीपल राकेश मिश्रले जानकारी गराए ।
प्रतियोगितामा वीरगंजका १२ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुने आयोजनाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए ।
कार्यक्रममा स्वागत प्रिन्सिपल राकेश मिश्र र सहजीकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।

प्रतिक्रिया