वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–२३ प्रसौनीस्थित माउण्ट हर्मन सेकेन्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालले निःशुल्क आँखा परीक्षण गरेको छ ।
कार्यक्रममा २७० जना विद्यार्थीहरुको आँखा परीक्ष्Fण गर्दा ४२ जनामा कम देखिने, आँखा रातो हुने समस्या देखिएको वीरगंज आँखा तथा दाँत अस्पतालका व्यवस्थापक इम्तियाज अलीले जानकारी गराए ।
कार्यक्रममा आँखामा समस्या भएका विद्यार्थीहरुलाई औषधि वितरण गरिएको थियो । साथै थप उपचारको लागि अस्पतालमा सम्पर्क गर्न र सोको उपचार पनि निःशुल्क गरिने व्यवस्थापक अलीले बताए । उनले आगामी दिनमा विद्यार्थीहरुको अभिभावकहरुको पनि निःशुल्क आँखा, दाँत परीक्षण गरी उपचार पनि निःशुल्क गरिने बताएका छन् ।
प्रतिक्रिया