वीरगन्ज   २२ मङ्सिर।
 बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलमको सम्योजकत्वमा गठित अनुगमन समितिले बिरगंजका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको छ । खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा खटिएको टोलिले बिहिवार र शुक्रबार गरि २ दिन महानगरका  विभिन्न  ठाँउमा रहेका मदिरा फर्महरुमा अनुगमन गरेको हो । 
यसरी अनुगमन गर्दा अधिकांस मदिरा ब्यबसाय गर्ने फर्म हरु महानगरमा ब्यबसाय दर्ता नगरी  सन्चालन भएको पाइएको छ ।
 यसरी बिना दर्ता  ब्यबसाय सन्चालन भएका  मदिरा ब्यबसायी हरुलाइ  सात दिन भित्र महानगरमा  ब्यबसाय  दर्ता गर्न  चेतावनी  सहितको पत्र काटिएको बिपिन कुमार दासले बताउनु भयो । 
अनुगमनको क्रममा  बजारमा पाइएका डेट स्पायर बड्बाइजर बियर , नेपाल आइस लगाएत का बियरहरु नष्ट गरिएको अनुगमन टोलिमा रहेका होटल तथा पर्यटन  ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बताउनु भयो । उनले महानगरमा ब्यबसाय दर्ता नभएका होटल तथा मदिरा ब्यबसायिहरुलाइ संघले पनि  महनगरमा दर्ता  हुन छुट्टै  सर्कुलर जारी गरिने बताउनु भयो ।
अनुगमन टोलिले दिपक इम्पेक्स , शिखर इन्टर्प्राजेज , जय जग्दम्बा ,रबि ट्रेडर्स  ,लक्ष्मी स्टोर ,साजन स्टोर , अजित इम्पेक्स  र रिया एन्ड अदिती लगाएतका फर्महरु अनुगमन गर्दा  फर्म दर्ता नभएको , नवीकरण नभएको , मिति गुज्रिएको मदिरा बिक्रि भएको तथा एक्स्पायरी जोन नछुट्टयाएको जस्ता कैफियत भेट्टाएको थियो ।
अनुगमन टोलिमा महानगरका बिपिन कुमार दास , होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त , उपभोक्ता मन्चका अजित भुजेल , बिरगंज उद्योग बाणिज्य  संघका प्रती निधि मनोज दास , जिल्ला प्रसासन , घरेलु ,बाणिज्य  तथा नाप तौल कार्यालयका प्रतिनिधि हरु हरु सम्लग्न थिए ।

							    
							    
							    
							    



प्रतिक्रिया