वीरगंज, ३२ साउन । समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज अध्यक्ष हेमराज न्यौपाने र सचिव प्रेम चौधरीले जारी गरेको विज्ञप्ति अनुसार पहिलो चरण आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको छ ।
२०८० भाद्र १ गते एक घन्टा धर्ना र नारावाजी, ३ गते दुर्ई घन्टा धर्ना र नारावाजी, ४ गते तीन घन्टा धर्ना र नारावाजी, ५ गते चार घन्टा धर्ना र नारावाजी, ६ गते साझ ६ वजे मशाल जुलुस, ७ गते आधा घन्टा सम्पुर्ण उद्योग बन्द गर्ने जनाएको छ ।
साउन १ देखि लागु गर्नुपर्ने श्रमिकको पारिश्रमिक हालसम्म वृद्धि नगरेर श्रमिकलाई आन्दोलित बनाउने काम नेपाल सरकारले गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
विदेश जानबाट युवा शक्ति रोक्न २०८० साल साउनबाट लागू हुने नयाँ न्यूनतम पारिश्रमिक रू. २५०००/– हजार कायम गरी असन्तुलित एवम् आकर्षण विहीन श्रम बजारलाई आकर्षक तथा मर्यादित बनाउन समग्र उद्योग टे«ड यूनियन नेपालले गत माघ १५ गते तत्कालिन श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
समग्र उद्योग ट्रेड यूनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदुर संघले संयुक्त रूपमा रोजगारदाता र नेपाल सरकारलाई श्रमिकको पारिश्रमिक बृद्धि गर्न यही साउन १३ गते वीरगंज स्थित घन्टाघरमा कोण सभा गरी श्रमिकको पारिश्रमिक बृद्धि नगरेमा भाद्र १ गतेदेखि अनिश्चितकालिन अवज्ञा आन्दोलन गर्ने घोषणा गरेको थियो ।
उक्त घोषणा अनुसार नेपाल सरकारले साउन मसान्त सम्म श्रमिकको पारिश्रमिक बृद्धि गर्न गम्भीर नभएको कारण वाध्य भई श्रम ऐन २०७४ को दफा १२५ को अधिकार प्रयोग गरी यही भाद्र १ गते देखि शान्तिपुर्ण अवज्ञा आन्दोलन शुरू गर्न मधेश प्रदेशमा संचालित उद्योगमा कार्यरत सम्पुर्ण श्रमिक र क्रियासिल टे«ड यूनियनहरूलाई सवै प्रकारको साथ, सहकार्य र ऐक्यवद्धताको लागि हार्दिक अपिल गरिएको छ ।

१२ वटा टे«ड यूनियन संघहरूले श्रम मन्त्रालयसमक्ष गत असार २६ गते ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया