वीरगन्ज, २५ जेष्ठ : वीरगन्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी अषाढ १५ गतेदेखि सुरु हुने भएको छ ।
अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले एमआरआई सेवा अषाढ १५ गतेदेखि सुरु गर्नेगरि अन्तिम तयारी गरिरहेको जानकारी गराएका हुन् ।
यसअघि केहिदिन पहिले विभिन्न सञ्चारमाध्यममा ‘ ३० करोडको एमआरआई मेसिन अढाइ महिनादेखि अलपत्र’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रति अस्पतालको ध्यानाकर्षण भएको जनाउदैं डाक्टर सिंहले फागुन दोश्रोसाता नै एमआरआई मेसिन आइसकेको भएपनि जडानका लागि आवश्यक अन्य सामग्री नआएका कारण मेसिन जडान हुन नसकि सेवा सुरु गर्न नसकिएको विज्ञप्ति मार्फत जनाएका छन् ।
तर अब एमआरआई मेसिन जडानको कार्य अन्तिम चरणमा पुगिसकेको र सञ्चालनका लागि आवश्यक सामग्रीहरुपनि आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा उपलब्ध गराइसकेकाले जडानको सबै काम सकाएर अषाढ १५गतेदेखि एमआरआई सेवा सुरु गरिने डाक्टर सिंहले जानकारी दिएका हुन् ।
एमआरआई मेशिन जडान र सञ्चालनका लागि आवश्यक म्याग्नेट र हिलियम ग्याँसका साथै नियमित विद्युती आपुर्तिका लागि आवश्यक जेनेरेटर आपुर्तिकर्ता कम्पनिले बुधबारमात्रै अस्पतालमा उपलब्ध गराएकाले जडानको काम तिब्र गतिमा अगाडि बढाइएको पनि डाक्टर सिंहले जानकारी दिएका छन् ।
जडानको सबै काम सकाएर विज्ञको टोलीले अषाढ १५गतेभित्र अस्पताललाई हस्तान्तरण गर्ने र त्यहिदिन देखि अस्पतालले एमआरआई सेवा सुरु गर्ने डाक्टर सिंहले बताएका छन् ।नारायणी अस्पतालका लाष् िस्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत ३० करोड रुपैयाँमा एमआरआई मेशिन खरिद गरेको हो ।
The post नारायणी अस्पतालमा एमआरआई सेवा अषाढ १५ गतेदेखि सुरु हुन्छ : डाक्टर सिंह appeared first on Madhes Khabar.
प्रतिक्रिया