Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

SHARE: 520

काठमाडौँ, २६ जेठ 

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र 'नीरफूल' र 'वेलकम टु हेम्जाकोट' प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।

फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र 'नीरफूल' मौलिक स्वादमा बनेको निर्देशक वलले बताउनुभयो । उहाँका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

"भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो", निर्देशक वलले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

आज प्रदर्शन भएको अर्को चलचित्र हो, 'वेलकम टु हेम्जाकोट' । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

समसामयिक कथामा हास्य नाटक (कमेडी) शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताउनुभयो । "फरक प्रस्तुतीकरणमा सामाजिक कथालाई लिएर आएका छौँ । यो हाम्रै समाजको कथा हो", उहाँले भन्नुभयो ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ । 

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
https://blogger.googleusercontent.com/img/a/AVvXsEiJeNcSRDZltGd_dXJROR1IIWeZktWFczjZs98i83_QCoQvf4qjiZyroLm6kan7iXV9sHpFhX7OHQDjSziqUEspyrNDL_76c3rzJUcs-a1Ds5uJox7DLF35OS80ltnYbquWt7DlfneeoD2wMbvJlkEFP9lq9KfA0jfM6riMq51Z3sJLlMxiNK8xBaMU=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiJeNcSRDZltGd_dXJROR1IIWeZktWFczjZs98i83_QCoQvf4qjiZyroLm6kan7iXV9sHpFhX7OHQDjSziqUEspyrNDL_76c3rzJUcs-a1Ds5uJox7DLF35OS80ltnYbquWt7DlfneeoD2wMbvJlkEFP9lq9KfA0jfM6riMq51Z3sJLlMxiNK8xBaMU=s72-c
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/06/blog-post_28.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/06/blog-post_28.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content