वीरगन्ज ,३२जेष्ठ : वीरगन्जमा पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र गतिमा भईरहेकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा आगामी अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकालिने भएकाे हाे ।
गहवामाई रथ यात्रा अषााढ ५ गतेका दिन बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई दुई नम्बर राेड हुँदै रामटाेल, रेशमकाेठी , विर्तामन्दिरबाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।
रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।
रथ यात्राले नगरपरिक्रमापछि अषाढ ५ गते नै साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत भजनकृतनपनि आयाेजना हुने उनले बताए ।रथ यात्राकाे भाेलिपल्ट अषाढ ६ गते बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।
रथ यात्राका लागि अहिले आकर्षक रथ बनाउने काम तिब्र गतिमा चलिरहेकाे सर्राफले जानकारी दिए । उनका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब १५ लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरु रथ निर्माणमा दिनरात खटिरहेकाे पनि उनले बताए ।
रथ निर्माण लगायत रथ यात्राकाे सबै तयारीकाे काम अषाढ ३ गते नै सक्नेगरि समिति लागिपरेकाे सर्राफले बताए ।
रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् । रथ यात्रा आयाेजक समितिले कहिंबाट पनि संस्थागत रुपमा चन्दा वा आर्थिक सहयाेग नलिएको उनले बताए ।
सर्राफले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ ।
The post वीरगन्जमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र appeared first on Madhes Khabar.
प्रतिक्रिया