वीरगन्ज, १८ जेष्ठ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।रेडियो वीरगन्जले आयोजना गरेको उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार आयोजित समापन कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् ।
उनले भने,,‘ वीरगन्जको पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ?त्यसकालागि पत्रकार महासंघ संस्थागत रुपमा प्रोपोजल लिएर आउनुपर्छ , महानगर सहयोग गर्न तयार छ ।’मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रहपनि गरे । पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै उनले त्यसलाई सुधार गर्नु पर्नेमा जोड पनि दिए ।
रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डाक्टर नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर मायाको चीनो प्रदान गर्दै सम्मानित पनि गरिएको थियो ।
समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य , नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए ।
The post पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह appeared first on Madhes Khabar.
प्रतिक्रिया