वीरगन्ज, ८ जेष्ठ : पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ झौवागुठीस्थित रामपृत रामस्वरुप चौरसिया माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माण गर्न थालिएको छ ।नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले संसदीय कोषबाट उपलब्ध गराएको ९ लाख ९० हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण गर्न लागिगएको हो ।
सोमबार प्रदेशसभा सदस्य क्षेत्रीले नै उक्त भवनको पूजापाठ गरि शिलान्याश गरेका हुन् । विधालयमा कोठाको अभावमा विद्यार्थीको पठनपाठनमा समस्या भएपछि प्रदेशसभा सदस्य क्षेत्रीले दुई कोठे भवन निर्माणका लागि आफनो संसदीय कोषबाट ९ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको नेपाली कांग्रेसका बिन्दवासिनी गाँउपालिकाका सभापति विवेक चौरसियाले जानकारी दिए ।
शिलान्याश कार्यक्रममा बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसिया,वडा नम्बर ४ का वडाध्यक्ष अनोज चौरसिया, वडा नम्बर २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, रामचन्द्र चौरसिया, छठुलाल प्रसाद चौरसिया, सन्तोष चौरसिया,अजय कुमार गुप्ता, मुनिलाल तत्वा,विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतो, नन्दु प्रसाद यादव , राजेश्वर चौरसिया लगायतको पनि सहभागिता रहेको थियो ।
The post झौवागुठीको विद्यालयमा भवन बनाउन प्रदेशसभा सदस्य क्षेत्रीले दिए ९ लाख ९० हजार appeared first on Madhes Khabar.
प्रतिक्रिया