वीरगन्ज, ७ जेष्ठ : वीरगन्जस्थित नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद् ( प्रतिनिधिसभा सदस्य ) अजय चौरसियाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पर्सा क्षेत्र नम्बर २ का सांसद चौरसियाले आइतबार बसेको संसद् बैठकको सून्य समयमा बोल्दै उपत्यका बाहिरकै पहिलो अस्पताल र पहिलो क्याम्पसका संरचना जीर्ण बनीसकेको हुँदा आवश्यक मर्मतसम्भार तथा पुर्ननिर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै सरकारले गरिरहेको कामको बारेमा प्रश्न गरे ।
उनले भने, ‘आज पर्सा जिल्ला र देशकै सबैभन्दा पूरानो कलेजमध्ये ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी उपक्षेत्रीय अस्पतालको व्यवस्था सुधार गर्नका लागि सरकार के गरिरहेको छ, त्यो म जान्न चाहन्छु ।’
उनले भने, ‘देशको अर्थतन्त्र यतिबेला धरासायी हुने अवस्थामा छ । धनी झन धनी हुने र गरिब झनै गरिब हुने अवस्थाको अन्त्य गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।’
गरिबी निवारणका लागि सरकारले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिनुपर्ने सांसद् चौरसियाको सुझाव थियो । उनले भने, ’आज सार्वजनिक विद्यालयमा पढाई हुँदैन । गरिव जनताका छोरा छोरी पढ्न पाउँदैनन् । सरकारी अस्पतालमा पर्याप्त औषधी उपचारको व्यवस्था हुँदैन ।’
The post नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद चौरसियाले गराए सरकारको ध्यानाकर्षण appeared first on Madhes Khabar.
प्रतिक्रिया