वीरगन्ज, १४ जेष्ठ : वीरगन्जको सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुसंग उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले भेटेका छन् ।
आइतबार अपरान्ह धर्नास्थलमै पुगेर उद्योगमन्त्री रिजालले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको माग बारे जानकारी लिएका छन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरुले मन्त्रीलाई लिखित रुपममा ज्ञापनपत्रपनि बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले नदिलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउने अभियानको माग सम्बोधनका लागि आफु सकरात्मक रहेकाले धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर मन्त्री रिजालको उक्त आग्रह आफुहरुले अस्वीकार गरेको धर्नामा बसेका अभियानका संरक्षक सरोज रायले बताए । रायले भने,‘ नदिलाइ प्रदुषणमुक्त र अतिक्रमणमुक्त बनाउनका लागि सरकारले नदि प्रदुषण नियन्त्रण बोर्ड गरोस् भन्ने हाम्रो मुख्य माग हो , यो माग बारे सरकारले लिखित रुपमा प्रतिबद्धता नजाएसम्म हामीले धर्ना फिर्ता लिदैनौ भन्ने जवाफ मन्त्री ज्युलाई दियौं ।
रायले सरकारले आफुहरुको माग सम्बोधन नगरेसम्म माइततीघर मण्डलाको धर्ना अनिश्चितकालसम्म जारी रहने स्पष्ट पारे । उनले सम्भवत मंगलबारका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर वीरगन्जको सिर्सिया नदिबाट ल्याइएको प्रदुषित पानी उपहारका रुपमा दिने कार्यक्रम रहेको पनि बताए ।
जेष्ठ ४ गते वीरगन्जस्थित सिर्सिया नदिको प्रदुषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाण्डौ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेका हुन्।
The post धर्नास्थलमा पुगेका मन्त्री रिजाललाई अभियन्ताहरुले भने : माग पुरा नभएसम्म धर्ना जारी रहन्छ appeared first on Madhes Khabar.
प्रतिक्रिया