मधेसखबर
वीरगन्ज, २० बैशाख : उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।बुधबार वीरगन्ज स्थित साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालयको स्थलगत निरिक्षणपछि आपुर्तिमन्त्री रिजालले कार्यालय प्रमुख अमोज लामिछानेलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री रिजालले गृहजिल्ला पर्साका लागि विद्यमान रसायनिक मलको कोटा अपुग रहेकोले यसलाई बढाउन पनि निर्देशन दिए । उनले भने,‘ पर्सा जिल्लाका लागि अहिले जुन कोटा छ त्यो अपुग छ , यसलाई बढाउनुपर्छ , त्यसकालागि तपाईपनि लाग्नुस् म आफैलेपनि मन्त्रालय मार्फत पहल गर्छु ।
त्यसअघि मन्त्री रिजालले साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालय प्रमुख लामिछानेसंग मलको मौज्दात अवस्था , वितरण प्रकृया , आयातका क्रममा रहेको मलको अवस्था इत्यादि बारे जानकारी लिएका थिए ।
त्यसक्रममा कार्यालय प्रमुख लामिछानेले साल्ट टे«डीङले आयात गर्ने कूल मलको ३० प्रतिशत कोटा मधेस प्रदेशका लागि छुट्याउने गरिएको जानकारी गराए । मधेस प्रदेशका लागि छुट्याइएको मध्ये पर्सा जिल्लाको हकमा भने ९.५३ प्रतिशत मात्रै पर्ने गरेको जानकारी उनले मन्त्री रिजाललाई गराए ।
पर्सा जिल्लाकोे लागि छुट्याइएको अहिलेको कोटा मागको तुलनामा कम भएको गुनासो किसानहरुले आफुलाई पनि सुनाउदै आएको उनले बताए । तर यो समस्या पर्सा जिल्लाका लागि मात्रै नभइ देशभरकै लागि भएको उनले बताए । मागको तुलनामा आपुर्ति नै कम हुदै आएका कारण आपुर्तिमा समस्या हुने गरेको गुनासो उनले मन्त्री रिजाललाई सुनाए ।
लामिछानेका अनुसार , गत फागुनमा आयात भएको मल मध्ये पर्सा जिल्लालाई उपलब्ध भएको १४ हजार बोरा युरिया र ११ हजार बोरा डिएपी मध्ये हालसम्म ९० प्रतिशत मल किसानलाई वितरण भइसकेको छ ।
मन्त्री रिजाललाई जानकारी गराउँदै लामिछानले भने,‘ साल्ट ट्रेडीङले आयात गर्न लागेको मध्ये २६ हजार ५ सय मेटन युरिया र २५ हजार मेटन डिएपी पाइपलाइनमा छ , यी दुवै मल बैशाखको अन्तिम सातादेखि जेठको पहिलो साता सम्म वीरगन्ज आइपुग्छ । यसका अतिरिक्त २७ हजार मेटन युरिया र २० हजार मेटन डिएपी मल खरिदका लागि टेण्डर पनि भइसकेको जानकारी उनले गराए ।
बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनको निरिक्षणका क्रममा मन्त्री रिजालसंगै नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जर्नादन सिंह क्षेत्री, कांग्रेस पर्साका सचीव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, मन्त्री रिजालका मुख्य स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ , स्वकीय सचिव राकेश याादव ,कांग्रेसका युवा नेता धर्मराज यादव, शेष हजरा,प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको पनि सहभागिता थियो ।
,
The post पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन appeared first on Madhes Khabar.
प्रतिक्रिया