Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

SHARE: 520

मधेसखबर
वीरगन्ज ५बैशाख : पर्सा–बारा औद्योगिक कोरिडोर क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिन यस क्षेत्रका उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेका छन् ।

मन्त्री रिजालको स्वागत तथा सम्मानमा गृह जिल्ला पर्साको वीरगन्जमा मंगलबार आयोजित कार्यक्रममा यहाका उद्योगी व्यवसायीले पर्सा–बारा क्षेत्रका उद्योग व्यवसायमा विद्यमान समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले पहिलोपटक पर्साले उद्योगमन्त्री पाएकोले उनकै कार्यकालमा निजी क्षेत्रमैत्री नयाँ युगको प्रारम्भ हुने विश्वास लिएको बताए ।

उद्योगमन्त्री रिजाल सामु निजी क्षेत्रका समस्या सुनाउदै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले देशकै ठूलो पर्सा– बारा औद्योगिक कोरिडोरलाई औपचारिक रुपमै औद्योगिक क्षेत्र घोषणा गराउन पहलकदमी लिइदिन मन्त्री रिजाललाई आग्रह गरे ।
सरकारले औद्योगिक क्षेत्र घोषणा नगरिदिदाँ यसबापत सरकारबाट पाउने सेवा सुविधा उद्योगी व्यवसायीले पाउन नसकेको र यस क्षेत्रमा वैदेशीक लगानी पनि भित्रयाउन नसकिएको गुनासो अग्रवालले गरे ।

पर्सा– बारा औद्योगिक कोरिडोरमा अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्र र औद्योगिक सुरक्षा बल स्थापना गराइदिन पनि उनले आग्रह गरे ।
वीरगन्जमा रहेको सुख्खा बन्दरगाह (आइसिडी ) र एकिृत जाँच चौकी (आइसिपी) २० वर्ष पहिलेकै संरचनमा चलिरहेकाले ती दुवैको भौतिक पुर्वाधार विस्तारको खाँचो रहेको पनि उनले मन्त्री रिजालाई सुनाए । दुवैमा सुविधासम्पन्न खाद्यान्न क्वारेन्टाइन स्थापना पनि गरिदिन उनले आग्रह गरे ।

यस्तै औद्योगिक कोरिडोरका उद्योगबाट निस्कने फोहोर व्यवस्थापनका लागि औद्योगिक डम्पिङ साइड निर्माण गरिदन पनि उनले आग्रह गरे । बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएपनि त्यसको कार्यान्वयन सुस्त रहेको र त्यसको सफल सन्चालन हुन नसकेको गुनासो गर्दै अध्यक्ष अग्रवालले भने,‘ सेजमा उद्योगका लागि जग्गा भाडा पनि निक्कै महङगो छ , त्यसलाई घटाइ दिनुपर्छ अनि मात्र त्यहा उद्योगहरुको लगानी बढ्नसक्छ ।

औद्योगि कोरिडोरमा विद्युतको ट्रिपिङ र अघोषित लोडसेडिङले उद्योगीहरु अक्रान्त रहेकाले यो समस्या समाधानका लागि उर्जामन्त्रालयमा पहल गरिदिन पनि मन्त्री रिजाललाई उनले आग्रह गरे ।

मन्त्री रिजाललाई इंगित गर्दै अध्यक्ष अग्रवालले भने,‘ तपाईसामु हामीले यी सारा समस्या राख्नुको एउटै उदेश्य के हो भने तपाई यहिको हुनुहुन्छ , तपाई हाम्रो अभिावक पनि हो , त्यसकारण तपाईकै कार्यकालमा यी सबै समस्या सम्बोधन होस् भन्ने हामीसबैको अपेक्षा मात्र होइन विश्वास पनि लिएका छौं ।

कार्यक्रममा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आर्थिक एंव औद्योगिक नगर वीरगन्जले पहिलो पटक पर्साकै वासिन्दा रमेश रिजाललाई उद्योगमन्त्रीका रुपमा पाएकाले रिजालको कार्यकालमा यहाको नीजी क्षेत्रको समस्या यदि सम्बोधन भएन भने त्यसपछिका दिनमा यहाका उद्योगी व्यपारीले सरकारबाट कुनै पनि कुराको अपेक्षाा गर्नु नै व्यर्थ हुने बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एंव वीरगन्जका पुर्व मेयर विजय सरावगीले औद्योगिक र वाणिज्य क्षेत्रका लागि दीर्घकालीन नीति बनाउन मन्त्री रिजालसंग आग्रह गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्माले अहिलेको औद्योगिक कोरिडोर मानववस्तिका बिचमा परेकाले ग्रामीण भेगतिर जग्गा खोजेर नयाँ औद्योगिक कोरिडोर स्थापनाका लागि पहलगरिदिन मन्त्री रिजालसंग आग्रह गरे ।
वीरगन्जमा बन्द रहेको चिनी कारखाना सम्भव भए सन्चालनका लागि पहल गरिदिन नभए त्यसको जग्गा जोगाइदिन पनि उनले मन्त्री रिजाललाई आग्रह गरे ।

पर्सा–बाराका उद्योगी व्यवसायीको समस्या र सुझाव सुनेपछि उद्योगमन्त्री रिजालले वीरगन्जलाई आर्थिक राजधानी र औद्योगिक नगरी भनिएपनि यहाका उद्योगी व्यपारी ठगिएको स्वीकारे । उनले भने,‘ एक त वीरगन्जमा उद्योगमैत्री वातावरण नै छैन , त्यसमा पनि यहाका उद्योगी व्यपारी राज्यबाटै ठगिदै आएका छन् ।

तर अब त्यस्तो हुन नदिने उनले बताए । मन्त्री रिजालले भने,‘ म यहि जन्मेको यहि हुर्केको र यहि राजनीति गरिरहेको मान्छु हु , यहाको नीजी क्षेत्रको समस्याबारे जानकार छु , ती समस्या सम्बोधनका लागि मैले मन्त्रीको हैसियतामा हरसम्भव प्रयास गर्नेछु ।
उनले यस क्षेत्रका अगुवा उद्योगी व्यवसायीलाई एउटा टिम बनाएर समस्या सहित मन्त्रालयमा आउन आग्रह गरे । उनले भने,‘ तपाईहरु टिम बनाएर मन्त्रालयमा आउनुस् मैले मन्त्रालयका सचिव र विज्ञहरु राखेर छलफल गर्छु , एउटा रोड म्याप बनाएर अगाडि बढौला ।

अहिलेको सरकार नीजी क्षेत्रमैत्री वातावरण र नीति निर्माणका लागि गम्भिरतापूर्वक लागिसकेको पनि उनले बताए । उनले भने,‘ यो सरकार पाँच वषर््ा नै टिक्छ , सरकार ५ वर्ष टिक्यो भने नीजी क्षेत्रका धेरै समस्याहरु समाधान हुन्छन् ।समग्र देशकै अर्थ व्यवस्था संकटमा रहेकाले उक्त संकटबाट माथि उकास्न नीजी क्षेत्रको साथ र सहयोग पनि अति आवश्यक रहेको पनि मन्त्री रिजालले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , संघका पूर्वअध्यक्ष प्रदीप केडिया , गोपाल केडिया , अशोक बैद्य, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको पनि सहभागीता थियो ।

The post वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल
वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Beergunj-2.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_938.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_938.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content