![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/Upendra-Yadav.jpg?resize=1000%2C660&ssl=1)
काठमाडौं,१९चैत: नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।साभार:अनलाइनखबर
The post बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय appeared first on Madhes Khabar.
प्रतिक्रिया