Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

SHARE: 520

बैशाख १० मा तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्य चुन्नका लागि उपनिर्वाचन हुदैछ । बारा २ , तनहुँ १ र चितवन २ मा । यी मध्ये बारा २ मा पनि देशभरकै चासो देखिएको छ ।कारण यो क्षेत्र जितेर मधेसमा राजनीतिक बर्चस्व कायम राख्ने कोशीशमा छन् जसपा र जनमत पार्टीका शीर्ष नेताहरु । बारा २ मा दलगत र स्वतन्त्र गरि ३६ जना उम्मेदवार भएपनि पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई हराएर मधेसमा आफनो वर्चस्व बनाउन चाहेका छन् जनमतका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउत । उनै सिके राउतसंग बसधबार गरिएको संक्षिप्त कुराकानी

चुनावी प्रचार प्रसारको अन्तिम समयमा आईपुग्दा आफनो पक्षमा कस्तो माहौल पाइरहनु भएको छ ?

जनमत पार्टी प्रति बारा २ का जनतामा व्यापक जनहलर छ , यहाका जनता र मतदाताले यसपालि परिवर्तन चाहेका छनन् , त्यो पपनि यहिकै धर्तीपूत्रलाई जिताएर । किनकि यसअघि भएका चुनावमा यो क्षेत्र भन्दा बाहिरकाले जित्दै आएका थिए त्यो इतिहासलाई यसपालि जनताले तोडन् चाहेका छन् । विगत १५ वर्षदेखि आफनो क्षेत्र भन्दा बाहिरकाले जित्दा विकासमा पछाडि परेको यहाका जनताले महसुस गरिरहेका छन् त्यसका कारण जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहाको पक्षमा जनलहर बढेको छ ।

बारा २ मा जनमत पार्टीको निकटतम प्रतिस्पर्धी को देखिएको छ ?

अहिले सम्म त हाम्रो प्रतिस्पर्धी जसपा र उसका उम्मेदवार उपेन्द्र यादव नै देखिनुहुन्छ , तर उहाँ हामी भन्दा धेरै पछाडि हुनुहुन्छ । बारा २ मा हाम्रो लक्ष्य भनेको सप्तरीको भन्दा पनि बढि मतान्तरले जित्ने छ । यसको आधार भनेको गत मंसिर ४ मा सप्तरी २ मा म आफै चुनाव लड्दा हाम्रो पार्टी भर्खर भर्खर बनेको थियो । तर अहिले हाम्रो संगठन सबैतिर विस्तार भइसकेको छ , त्यसका कारण बारा २ मा सप्तरीको भन्दा पनि बढि मतान्तरले हामी जित्नेमा ढुक्क छौ ।

जसपाको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफै उम्मेदवार हुनुहुन्छ , त्यसमा पनि उहालाई प्रमुख ५ दलको सर्मथन पनि छ , यस्तो अवस्थामा तपाईले यादवलाई भारी मतान्तरले हराउछु भन्नु हास्यास्पद भएन र ?

सबै भन्दा पहिले त अहिले एकदुइ दिन यता मिडियामा आएका सर्वेक्षणको रिपोर्ट हेर्नुस । एउटा मात्रै होइन धेरै सर्वेक्षणहरु मिडयामा आइसकेका छन् । त्यसले नै पुष्टि गर्छ कि उप्न्द्र जी भारी मतले हार्दै हुनुहुन्छ , हामी सहजै जित्दैछौ । अर्को कुरा अहिले जनमत पार्टी प्रति बढ्दै गएको जनलहर बाढि जस्तै हो , यो बाढीले आफुलाई ठूलो हस्ति भनाउदाहरुलाई कहा बगाएर लग्छ थाहा हुन्न । जहासम्म गठबन्धनको कुरा छ त्यो त काठमाडौंमा बसेर ठूला नेताहरुले गरेका हुन् , जिल्ला , पालिका र वडास्तरमा कार्यकर्ताले गठनबन्धन गरेका होइनन् । तल्लो तहका कार्यकर्ताहरु दलका नेताहरुको दास पनि होइनन् । शीर्ष तहमा नेताहरुले पटक पटक चुनावी गठबन्धन गरेका कारण ग्रास रुटमा खटिएका उनका अधिकांश कार्यकर्ता र नेताहरु रुष्ट छन् आक्रोशित छन् , उनिहरुको मत पनि जनमतले नै पाइरहेको छ ।

बारा २ मा सिके राउतले उठाएको उम्मेदवार शीवचन्द्र कुशवाहा गलत परे , उनको छवि राम्रो छैन त्यसका कारण सिके राउत एक्लै जनताको घरदैलामा पुगेर उम्मेदवार आफु नै उम्मेदवार हुँ जस्तो गरेर मत मागिरहेका छन् , जनतालाई झुक्याइरहेका छन् भन्ने आरोप छ नि ?

यो आरोप आफैंमा हास्यास्पद र बेतुकको छ । किनकि मंसिर ४ को निर्वाचनमा माओवादी –कांग्रेस गठबन्धनले कुशवाहालाई नै उम्मेदवार बनाएको थियो । अनि हिजो गठबन्धनले उम्मेदवार बनाउँदा कुशवाहा राम्रो र असल हुने अनि अहिले जनमत पार्टीले तीनै कुशवाहालाई उम्मेदवार बनाउदा चाहि गलत अनि नराम्रो हुने ? । जनताको घरदैलो गएर सेवा गर्न सक्ने , दलितको सहारा बन्न सक्ने , जनताको सुखदुखमा साथ दिनसक्ने लोकप्रिय छवि भएका कुशवाहालाई जनमतले उम्मेदवार बनाएको छ , उहा जनताका माझ लोकप्रिय पहिलेदेखि नै हुनुहुन्छ । जनताको घरदैलामा हामी संगसंगै पुगेर मत मागिरहेका छौं ।

जसपा उम्मेदवार उपेन्द्र यादवले त आफनो प्रतिस्पर्धी नै कोहि छैन भनेर भन्दै हुनुहुन्छ त ?
मंसिर ४ को निर्वाचनमा उपेन्द्र जीले सप्तरी २ मा पनि यहि भन्नु हुन्थ्यो त । त्यहा तर नतीजा के कस्तो आयो ? सबैलाई जगजाहेर नै छ । त्यो समय बितिकको धेरैदिन त भएको छैन । सप्तरीमा उहा मसंग दोब्बर भन्दा बढि मतले लजास्पद हार्नु परयो । उपेन्द्र जी र उहाका कार्यकर्ताहरु हतास भइसकेका छन् । त्यसका कारण यी सब कुतर्क गरिरहेका छन् ।

 

The post बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत
बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/CK-Raut-2.jpg?resize=1024%2C576&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_70.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_70.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content