Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार

SHARE: 520

बारा,५बैशाख : बारा क्षेत्र नं. २ मा चुनावी सरगर्मी निकै बढेको छ। बैशाख १० गतेको उपनिर्वाचनका लागि राजनीतिक दलको शक्ति यतिबेला बारा- २ मा परिचालित देखिन्छ। उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनीतिक दलको दौडधुपले चुनावी माहोल तातेको छ।

देशका तीन निर्वाचन क्षेत्रमा भइरहेको उपनिर्वाचनमध्ये बारा – २ मा राजनीतिक नेतृत्वको ध्यान केन्द्रित छ। यस क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलको साझा उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन्। मंसिरमा सम्पन्न चुनावमा सप्तरी २ मा पराजित भएका यादवले चार महिनामै उपनिर्वाचनको बाटो रोजेका हुन्।

प्रतिस्पर्धामा यादव र कुशवाहा

जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवका लागि बारा-२ पनि भनेजस्तो सजिलो छैन। बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन्। राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन्। null

नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफैँ चुनावी कमाण्ड सम्हालिरहेका छन्। मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ। तर जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धी नै नभेटेको बताइरहेका छन्। बारा-२ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ।

यता जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दावी गरिरहेका छन्। उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा-२ का जनताले किन जिताउने भन्दै प्रश्न तेस्र्याउछन् ? राउतको भनाई अनुसार बारा २ का जनताले धर्ती पुत्रलाई जिताउनेछन्। अर्थात् आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ। ‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन्। धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ।’

राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन्। आफ्नो उम्मेदवारको प्रचार गर्नेभन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भए जसरी मत मागिरहेको यादवले बताए। ‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भए जसरी मत मागिरहेका छन्’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो। फर्जी काम गर्न राउत बारामा समेत आएका छन्।’

आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिँडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन्। ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो। मुख उहाँको तर भनाई अरुको हो। राउतले त जागिर खाइरहनुभएको छ।’ null

चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहदैनन्। चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ। यादवको चुनावी प्रचारमा प्रदेशका अर्थमन्त्री संजीवकुमार यादव, सामाजिक विकास मन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन्।

यता जनमत पार्टीका अध्यक्ष राउत आफैँ मतदाताको घरघरमा पुगिरहेका छन्। उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताइरहेका छन्। बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन्। राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ।

चुनाव जित्नेमा ढुक्क एमालेका पौडेल

यता मधेसवादी दलका दुई शीर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ। एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा अघि सारेको छ। बाराको भूमिमा राजनीतिक जिवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्। null

‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ। काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु।’

एमालेको चुनावी अभियानमा शीर्ष तहका नेता समेत सहभागी भइरहेका छन्। त्यसबाहेक बारा-१ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा-३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएकी छन्।

दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितिले पौडेलको चुनावी अभियानलाई बलियो बनाउँदै लगेको छ। त्यसबाहेक मधेसवादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीको सक्रियता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन्। काठमाडौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन्। उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आइसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन्।

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन्। मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्। उनको चुनावी अभियानमा अध्यक्ष साह आफैँ सक्रिय भएका लागेका छन्। null

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आम मतदाता भने अन्यौलमा देखिन्छन्। विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन्। चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ।

बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन्। यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भूभाग पर्छ। दिवाकर भण्डारी /अन्नपूर्ण पाेष्ट

The post बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार
बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/IMG_20230418_132550.jpg?resize=925%2C503&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_56.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_56.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content