वीरगन्ज ,१बैशाख : जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधामन्त्री उपेन्द्र यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कुनै प्रतिस्पर्धी नभएको दावी गरेका छन् ।
बारा-२ मा हुनलागेको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष यादवले बाराका जनता आफ्नो उम्मेदवारीले उत्साहित भएको भन्दै जनताले आफूलाई निर्वाचित गराउने दावी गरेका हुन् । ‘बाराका जनता एकदमै उत्साही छन् । जनता नै चुनावमा लागेका छन् । जनताले आफैंलाई जिताउँछन् । मलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले खुलेर सहयोग गरेका छन् । मेरो प्रतिस्पर्धी कोही पनि छैन,’ यादवले भने ।
यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई अन्यत्रको शक्तिबाट परिचालित तत्व भएको आरोप लगाउँदै उनि सुधिर्न नसक्ने टिप्पणी पनि गरे । उनले भने, ‘उनी को हुन्रु कहाँबाट लागेका हुन् उनलाई कसले चलाएका हुन् ? उनी कसका लागि काम गर्छन् ? अरूको इशारामा मुलुक टुक्राउन लाग्ने, सार्वभौम सत्ता र अखण्डतामाथि चुनौती दिने व्यक्तिसँग केको तालमेल, केको कुराकानी ? उनी सुध्रिन्छन् कि भनेर गठबन्धनमा ल्याएको हो, तर त्यस्तो लक्षण देखिएन ।’
उनले जनमत पार्टी गठबन्धनमा नरहेको पनि बताए । उनले भने,‘जनमत पार्टी गठबन्धनमा छैन् । सरकारलाई समर्थन भन्ने कुरा बेग्लै हो । पाँचैवटा दलको मलाई समर्थन । हामी साथमै छौं ।’ उनले अहिलेको गठबन्धन भनेको पाँच दलीय गठबन्धन भएको जिकिर गरे । उनले आफूले चुनावमा लोसपाको ठूलो साथ र सहयोग पाईरहेको बताए । उनले सिके राउतलाई गफ र उदण्ड बोल्ने व्यक्तिको संज्ञा दिँदै समाज फुटाउन खोजेको आरोप पनि लगाए ।
The post सिके राउत अन्यत्रको शक्तिबाट परिचालित तत्व हुन् : उपेन्द्र यादव appeared first on Madhes Khabar.
प्रतिक्रिया