कलैया ,१२ बैशाख : बारा २ का उम्मेदवार एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५ हजार भन्दा बढीको अग्रता बनाएका छन् ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार , यादवले निकटतम प्रतिस्पर्धि जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहाको भन्दा ५ हजार २०३ बढि मत पाएर फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
यो समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाम अनुसार ३९ हजार ५५६ मत गणना हुदाँ यादवले १७ हजार ३९३ मत प्राप्त गर्दा जनमत पार्टीका कुशवाहाले १२ हजार १९० मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले १ हजार ९ सय ७० मत पाएका छन् । अब करिब ३० हजार मत मात्रै गणना गर्न बाँकी छ ।
The post बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता appeared first on Madhes Khabar.
प्रतिक्रिया