काठमाडौं,५बैशाख:भारतीय पूर्व स्टार क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग आईपीएलमा डेब्यु गरेका छन् ।
उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा डेब्यु गरेका हुन् । उनलाई कप्तान रोहित शर्माले डेब्यु क्याप लगाइिदएका थिए ।
गत दुई सिजन पनि मुम्बईकै टिममा रहे पनि उनले खेल्ने अवसर भने पाएका थिएनन् । तर यसपटक सूर्यकुमार यादवको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यु गर्दै उनले २ ओभर बलिङ गरेर १७ रन खर्चिएका छन् ।
२३ वर्षिय अर्जुन विशेषत बाँया हाते तिव्र गतिको बलिङका लागि चिनिन्छन् । उनले गत वर्ष भारतको चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफिमा सानदार शतक प्रहार गरेका थिए ।
तिव्रगतिका बलर तथा बाँया हाते ब्याटर अर्जुनले भारतका लागि यू–१९ टिमबाट खेलिसकेका छन् ।
उनका बाबु सचिनले सन् २००८ देखि २०१३ सम्म मुम्बईबाटै आईपीएल खेलेका थिए । सन् २०१३ मा सन्यास लिएका उनलाई मुम्बईले सन् २०१४ को आईपीएलमा टिम आइकन बनाएको थियो ।साभार:अनलाइनखबर
The post सचिन तेन्दुलकरका छोरा अर्जुनले गरे आईपीएलमा डेब्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया