Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ

SHARE: 520

वीरगन्ज,१७बैशाख : वीरगन्ज महानगरपालिकाको अलौं र सिर्सियामा सरकारले ६ वर्षपहिले अधिग्रहण गरेको जग्गाको मुअब्जा अहिलेसम्म पनि नपाएपछि पिडित जग्गाधनीहरुले अब निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।उनिहरुले बैशाख २५ गतेभित्र मुआब्जा रकम नपाए , बैशाख २६ देखि सुख्खा बन्दरगाह (ड्राइपोर्ट ) सबै कारोबार ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले बैशाख २५ गतेभित्र आफुहरुले मुआब्जा रकम नपाए बैशाख २६ गतेदेखि सुख्खा बन्दरगाह ठप्प पार्ने चेतावनी दिएका हुन् ।मुआब्जाका लागि ६ वर्षदेखि पटक पटक हारगुहार गर्दै आउदा समेत सुनुवाई नभएको भन्दै उनिहरुले अब सुख्खा बन्दरगाहको कारोबार नै ठप्प पारेर निर्णायक आन्दोलनमा उत्रिने बताएका छन् ।

मुआब्जा संघर्ष समितिको अगुवाइमा पिडित जग्गाधनीहरले आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मदन घिमिरे र सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीलाई छुट्टा छुट्टै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

यसअघि गत चैत २१ गतेपनि उनिहरुले जग्गाको मुअब्जाको माग गर्दै सुख्खा बन्दरगाहमा प्रदर्शन गर्दै धर्ना दिएका थिए ।त्यसबेला सुख्खा बन्दरगाह भन्सार कार्यालयका सुचना अधिकारी सन्तोष न्यौपाने आफुहरुले मुआब्जाका लागि पहल गर्ने आश्वासन दिएपछि जग्गधनीहरुले धर्ना र प्रदर्शन स्थगीत गरेका थिए ।

तर उक्त आश्वासन पाएको एक महिना पुग्न लाग्दा समेत मुआब्जाका लागि कुनै पहल नभएपछि आइतबार आफुहरुले जिल्ला प्रशासन कार्यालय र सुख्खा बन्दरगाह भन्सारमा एक हप्ताको अल्टिमेटसहितको ज्ञापनपत्र बुझाएको संघर्ष समितिका सदस्य परमेश्वर प्रसाद तुराहाले बताए ।

उनले भने,‘ ६ वर्षदेखि पटक पटक हामीले आश्वासन मात्रै पाउँदै आएका छौ , तर अब हाम्रो धैर्यताको बाँध टुट्न लागिसक्यो , त्यसकारण यदि बैशाख २५भित्र मुअब्जाको रकम पाएनौं भने २६ गते देखि हामी ड्राइपोर्ट नै ठप्प पार्छौ , अबको आन्दोलन निर्णायक नै हुन्छ ।उनले थपे,‘ सरकारले या त बैशाख २५ भित्र मुआब्जा रकम देओस् या त हाम्रो रोक्का गरेको जग्गा फुकुवा गरिदिओस् , होइन भने हामीले बैशाख २६ देखि ड्राइपोर्ट चल्नै दिन्नौ ।

सरकारले ६ वर्ष पहिलेदेखि नै जग्गा अधिग्रहण गरि रोक्का गरेको भएपनि अहिले सम्म आफुहरुले मुआब्जा रकम नपाएको र अर्को तर्फ खाँचै पर्दा आफनै जग्गा बेचेर गर्जो टार्न पनि नपाएको पिडित जग्गाधनीहरुको गुनासो छ ।पिडित मध्येकी बैजयन्ति मालालले भनिन्,‘ ‘कि त रोक्का भएको जग्गा फुकुवा हुनु प¥यो, नत्र हामीलाई तत्कालै मुआब्जा रकम दिनु परयो ।सरकारले यसरी अनिर्णयको बन्दी बनाएर कहिलेसम्म राख्ने ?’ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष कुमार न्यौपानेले भने गत चैत २१ मा पिडितहरुले धर्नादिएपछि बन्दरगाह भन्सार कार्यालयले मुआब्जा रकम निकासका लागि पहल गरिदिन आग्रह गर्दै भन्सार विभागमा जानकारी गराइसकेको बताए । त्यसपछि भन्सार विभागले पनि रकम निकासाका लागि अर्थमन्त्रालयलाई आग्रह गरिसकेको भएपनि अहिलेसम्म रकम निकासा भएर नआएको न्यौपानले बताए ।

न्यौपानले भने,‘ हामीले र भन्सार विभागले निरन्तर पहल गरि नै रहेका छौ , तर अर्थमन्त्रालयबाट अहिले सम्म रकम निकासा भएको छैन ।सरकारले अधिग्रहण गरेको ६२ बिघा जग्गा मध्ये केहि जग्गाधनीले गत आर्थिक वर्ष असारको अन्तिम साता मुआब्जा रकम पाएका थिए । तर त्यसपछि चालु आर्थिक वर्षमा मुआब्जा रकम वितरणको काम ठप्प छ ।अर्थ मन्त्रालयले रकम निकासा नगर्दा मुआब्जा वितरणको काम अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी न्यौपानेले बताए ।

उनका अनुसार अधिग्रहण गरिएको कुल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गामध्ये हालसम्म ६ सय ८३ कित्ताको ४२ बिघा १५ कठ्ठा १६ धुर जग्गाको मुआब्जा रकम सम्बन्धित जग्गाधनीहरुले बुझेर लगिसकेका छन् । हालसम्म २ सय ८० जना जग्गाधनीले मुआब्जा बापत करिब ४ अर्ब रुपैयाँ बुझिसकेको उनले बताए ।

उनका अनुसार , अब करिब १९ बिघा जग्गाको २ अर्ब ८० करोड रुपैयाँ मुआब्जा वितरण गर्न मात्रै बाँकी छ । यस बाहेक त्यसक्षेत्रमा पर्ने घर, रुख, कृषि, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनुपर्नेमा त्यसको भने सर्भे नै हुन नसकेको न्यौपानेको भनाई छ ।

सरकारले २०७३ सालदेखि सिर्सिया स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय र अलौंस्थित वीरगन्ज भन्सार मातहतको आइसीपी भन्सारबीचको ६२ बिघा जग्गा अधिग्रहण गरेको थियो । भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा पत्र पठाएर उक्त जग्गा रोक्का गराएको थियो ।

The post अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ
अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Muaabja-3.jpg?resize=1024%2C461&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_290.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_290.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content