Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगंजमा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिवस

SHARE: 520

मधेसखबर
फाल्गुन २३ गते : अधिकारमा समानता खोज्दै पर्सामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । मध्य नेपाल सन्देश पत्रिकाको अगुवाईमा ‘संचारमा पत्रकार महिला’ बिषयक अन्तरकृया गर्दै सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।

समान काम , समान ज्याला र समान अधिकारको कुरा अघि सार्दै दिवसको अवसरमा गरिएको कार्यक्रममा पत्रकार माधुरी महतोले जिल्लामा रहेका विभिन्न संचार माध्यम र त्यहाँ कार्यरत पत्रकार महिलाहरुको अवस्था’ विषयक कार्यपत्र समेत प्रस्तुति गरेकी थिईन् । सो कार्यपत्रमा पत्रकारितामा पत्रकार महिलाहरुको उपस्थिति र स्थायित्वका लागि गरिनु पर्ने थप कार्य , सहकार्य बारे कुराहरु उठान गरीएको हो ।

समानता भन्दा पनि समतामा आधारीत समान पारिश्रमिक, समतामुलक अवसरमा जोड दिंदै प्रस्तुत गरीएको प्रतिवेदनमा अधिकारको कुरासँगै हरेक क्षेत्रमा पुरुषहरुले साथ दिनुपर्नेमा समेत जोड दिईएको छ । क्षमता अभिवृद्धिको बिषयमा पनि तालिम लगायतका कार्यमा अवसर दिनुपर्नेमा जोड दिईएको हो ।


प्रतिवेदनमा पर्सामा नेपाल पत्रकार महासंघ पर्सामा १ सय ४० जना साधारण सदस्य रहेकोमा ११ जना मात्र पत्रकार महिला सदस्य रहेको जानकारी गराईएको थियो । तर साधारण सदस्य नरहेको पनि पत्रकार महिलाहरु विभिन्न संचार माध्यममा सकृय रुपमा कार्यरत रहेका छन् । पर्सामा रेडीयो , टिभी , पत्रपत्रिका , अनलाईन गरी ३० जना भन्दा बढी महिला कार्यरत रहेकोमा फिल्डमा हिडेर समाचारमुलक विषबस्तु खोजी गर्ने र समाचार लेख्ने पत्रकार महिला नगन्य रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

तर पत्रकार महिलाको दक्षता र सक्षमता माथि विभिन्न प्रश्न गर्दै आएपनि पत्रकार महिलाहरुलाई दक्ष बनाउने खालका विभिन्न तालिमको आवश्यक्ता औल्याईएको थियो । अधिकारका कुरा गर्दा पत्रकार महिलाहरुले पनि संख्यात्मक रुपमा भन्दा गुणात्मक रुपमा आफुलाई दक्ष बनाउनुपर्ने र हालको आवश्यक्ता अनुसार आफुलाई अपडेट गर्नुपर्नेमा प्रतीवेदनमा जोड दिईएको थियो ।

प्रतिवेदन प्रस्तुतीकरणपछि आयोजित अन्तरक्रियामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले अधिकारको खोजीसँगै अब पत्रकार महिलाहरुले खोजिमुलक लेखनप्रतीको दक्षतामा पनि निपूर्ण हुँदै अगाडी बढ्नुपर्ने सुझाव दिए । अबका दिनमा समान अधिकारको कुरा गर्दा पत्रकार महिलाहरुले आफ्नो क्षमता अभिवृद्धिमा पनि सकृयतापुर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

६० देशमा पुरुष दिवस मनाए पनि त्यसलाई संयुक्त राष्ट्र संघले मान्यता नदिएको र नारी दिवसको भने मान्यता दिएको कुराले पनि महिलाहरुको अधिकारका लागि सबै राष्ट्र लागिपरेपनि महिलाहरुले आफुलाई कमजोर नठान्नुपर्ने तर क्षमता अभिवृद्धिमा भने ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालको सन्दर्भमा नेपाली महिलाहरु राष्ट्रपति, मुख्यन्यायाधीश र सभामुख भइसकेको कुरालाई मध्यनजर गर्दै हरेक महिलाहरुले आफ्नो उपस्थिति पनि दरिलो बनाउन सके अझ त्यसले दिवसको सार्थकता पनि पाउने नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराको तर्क छ । उनले महिला अधिकारका लागि गरीएको संघर्षको यात्राको लामो ईतिहास रहेको भन्दै पत्रकार महिलाको अधिकार तथा समानताका लागि पनि नेतृत्व तहमा रहेका पुरुष पत्रकारहरुले साथ दिने प्रतीबद्धता व्यतm गरे ।


नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले भने देशका अन्य जिल्लाका भन्दा पर्सामा पत्रकार महिलाहरुको अवस्था र अवसरमा समानता तथा सकारात्मक परिवर्तन नै हुँदै गएको बताए । अधिकारको कुरा उठाई माग्ने नभई प्रतिश्पर्धामा अब्बल हुने तर्फ अग्रसर हुनुपर्ने उनको सुझाव थियो । । तिवारीले पत्रकार तथा संचारकर्मी महिलाहरुका लागि बेला बेला विभिन्न तालिमको समेत आयोजना गर्दै आएको र आगामी दिनमा पनि विभिन्न तालिम आयोजना गर्ने योजनाका साथ अघि बढेको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघको मध्यमाञ्चल पूर्व संयोजक एवम् वीरगंज महानगरपालिका मेयर राजेशमान सिँहका प्रेस सल्लाहकार महेश दासले पत्रकार महिलाहरुले पर्साका समग्र पत्रकार महिलाको हितमा ठोस योजना ल्याउन सके महानगरपालिकाबाट पत्रकार महिलाहरुको लागि ठोस सहयोग दिलाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले अन्य जिल्लालाई एउटा सन्देश दिने गरी नमुना योजनाका साथ महानगरपालिकामा पत्रकार महिलाको टोलिले प्रस्ताव गरे त्यस्का लागि महानगरपालिकाका मेयर राजेशमान सिँह पनि सकारात्मक पहल गर्न तत्पर रहेको दासले जानकारी गराए ।

पत्रकार महिला लक्ष्मी खरेलको सहजीकरण र मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्य पत्रकारहरुले पनि पर्सामा पत्रकार महिलाहरुलाई कुनै हिंसा नभएको बरु पारिश्रमिकका सन्दर्भमा भने मिडिया हाउसहरुले नीतिको पालनामा कन्जुस्याई गरेको संकेत गरे । महासंघमा आधिकारिक रुपमा कोही महिलाले सहयोगको याचना गरे पारिश्रमिकका सन्दर्भमा पनि महासंघले साथ दिने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बताए ।


कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा संचारकर्मी महिलाहरुलाई खादा र मालाले सम्मान पनि गरीएको थियो । कार्यक्रम पश्चात अविर टिका लगाई होलिको शुभकामना पनि आदान प्रदान गरीएको थियो ।

The post वीरगंजमा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिवस appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगंजमा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिवस
वीरगंजमा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिवस
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/1678194533263-scaled.jpg?resize=1400%2C662&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/03/blog-post_38.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/03/blog-post_38.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content