काठमाडौं,१९ फागुन : बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । भारतको इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो ।
खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै उक्त लक्ष्य भेट्याएको हो ।
पहिलो इनिङ्समा १ सय ९ रनमा अलआउट भएको भारतले दोस्रो इनिङ्समा १ सय ६३ रन मात्र बनाएको थियो । यस्तै अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९७ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया वल्र्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेका छ । वल्र्ड टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो जुनमा बेलायतको ओभलमा हुनेछ ।
बोर्डर–गाभस्कर ट्रफीमा भारत २–१ ले अघि छ । पहिलो र दोस्रो टेस्टमा भारतले अस्ट्रेलियालाई हराएको थियो ।
अब फाइनलमा अर्काे टिमको टुङ्गो भारत–अस्ट्रेलियाबीच हुने चौथो टेस्टले लगाउनेछ । भारतले त्यो टेस्ट जितेमा ऊ फाइनल पुग्नेछ । यदि भारतले त्यो टेस्ट हारेमा फाइनलमा पुग्ने दोस्रो टिमको टुङ्गो न्युजिल्यान्ड र श्रीलङ्काबीचको टेस्ट शृङ्खलापछि हुनेछ ।
श्रीलङ्काले यस महिना न्युजिल्यान्डमा २ वटा टेस्टको शृङ्खला खेल्दैछ । श्रीलङ्काले भारतलाई फाइनलमा पुग्न नदिन वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ ।
The post भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा appeared first on Madhes Khabar.
प्रतिक्रिया