मधेसखबर
वीरगन्ज,६ फागुन : वीरगन्जमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा भएको फोहोर सडकमै छाडेर हिडेको नेपाल पिडावर्ग (ओबिसि) महासंघ पर्साले आत्मआलोचना गर्दै महानगरपालिकामा पुगेर जरीवाना तिरेको छ ।
शुक्रबार घण्टाघर चोक स्थित मुख्य सडकमै ओबिसि महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । तर कार्यक्रम सकिएपछि फ्रुटी र नास्तको खाली प्याकेट सहितको फोहोर सडकमै छाडेर आयोजक संस्था हिडेपछि सामाजिक सञ्जालमा फोहोर सहितको फोटो पोस्ट गरेर उक्त संस्थाको चर्को आलोचना भएको थियो । सडकमा फलिएको फोहोरको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि शुक्रबार नै अपरान्ह वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विदुर सिवाकोटी आफै पुगेर सडककमा कूचो लगाएर उक्त फोहोर सफा गरेका थिए ।
त्यसपछि रक्तदान कार्यक्रम आयोजना गर्ने संस्था ओबिसि महासंघ पर्साका अध्यक्ष देवनाथ महत्तोले शुक्रबार नै साँझ वीरगन्ज महानगरपालिकाको कार्यालयमा पुगेर सडक फोहोर गरेकोमा आत्मालोचना गर्दै जरीवाना बापत १ हजार रुपैया तिरेका हुन् ।
जरीवाना तिरेको रसिद सहितको फोटो सामाजिक सञ्जालमा राख्दै अध्यक्ष महत्तोले लेखेका छन् ,‘ रक्तदान कार्यक्रम पछि घण्टाघरमा भएको फोहोर भूलवस सफा गर्न सकेनौ , हामीबाट त्रुटी भयो । आगामी दिनमा यस प्रकारका गल्ती हामीबाट हुने छैन । सडकमा फोहोर गरे बापत हामीले वीरगन्ज महानगरपालिकालाई नियमानुसारको जरिवाना तिरेका छौं । महानगरको सरसफाइ अभियानमा ओबिसी महासंघ पर्सा शाखा साथ दिन सधैं तयार छ । हामीबाट भएको त्रुटी सच्याइदिने नेपाल प्रहरीलाई धन्यवाद छ ।
वीरगन्ज महानगरपालिकालाई वीरगन्जलाई स्वच्छ , सफा र सुन्दर शहर बनाउने अभियान अन्तर्गत केहि हप्ता यता देखि सडकमा फोहोर गर्ने र फाल्नेलाई आर्थिक जरीवाना गर्दै आएको छ । महानगरको सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार ,सडकमा फोहोर गर्ने र फाल्नेलाई महानगरले ५ सय देखि ५ हजार सम्म रुपैया सम्म जरीवाना तिराउदै आएको छ । यो अभियान अहिले पनि जारी रहेको र हाल सम्म पसल , बैंक तथा वित्तीय संस्था र व्याक्ति गरि करिब ५ दर्जन भन्दा बढिलाई आर्थिक जरीवाना तिराइ सकिएको मियाँले जानकारी दिए ।
The post घण्टाघरमा फोहोर गर्ने संस्थाले आफैं वीरगन्ज महानगरमा पुगेर तिरयो जरिवाना appeared first on Madhes Khabar.
प्रतिक्रिया