मधेसखबर
वीरगन्ज, १ फागुन : माओवादी जनयुद्धको वार्षिक उत्सवमा आज फागुन १ गते सरकारले दिएको सार्वजनिक विदा खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध सुरू भएको छ।
यसैक्रममा बिदा खारेज गर्नुपर्ने भन्दै द्वन्द्व पीडित र नागरिक समाजले आज सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
जनयुद्ध दिवस नेपाल र नेपालीका लागि कालो दिन भएकाले सार्वजनिक बिदा खारेज गर्नुपर्ने भन्दै समाजले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले सार्वजनिक बिदाले द्वन्द्व पीडितलाई थप पीडा पु¥याएको आरोप पनि लगाएका छन् । त्यस्तै उनीहरूले द्वन्द्व पीडितलाई न्याय गर्नुपर्ने माग राखेका छन्। माओवादीले २०५२ सालमा आजकै दिन सरकारविरूद्ध सशस्त्र द्वन्द्व सुरू गरेको थियो।
The post जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया