Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जकाे कृषि ओैजार कारखानामा ३० वर्षपछि फर्कियाे राैनक

SHARE: 520

वीरगन्ज ,२४माघ: तीन दशकदेखि बन्द रहेको वीरगन्जस्थित कृषि औजार कारखानामा अहिले रौनक क्रमशः फर्किँदै छ । राष्ट्रिय आविष्कार केन्द्रका जोसिला वैज्ञानिकहरूको समूहले कारखानामा कृषि औजारको परीक्षण उत्पादन गर्न थालेपछि यहाँ आशाको किरण छाएको हो ।

बेल्चाको सफल परीक्षण उत्पादन गरिसकेको केन्द्रको वैज्ञानिक टोलीले अब कुटो, कोदालो, गैंटीजस्ता कृषि औजारको उत्पादन गर्न पसिना चुहाइरहेको छ । केन्द्रका मेकानिकल इन्जिनियर प्रज्जवल कोजुले २/३ दिन भित्रै यी उपकरणको पनि परीक्षण उत्पादन गरी सक्ने लक्ष्य रहेको बताए ।

उनले उद्योग सञ्चालनका लागि २/२ वटा मिलिङ र लेथ मेसिन, ४ वटा ड्राई प्रेसर, २ वटा आयल फर्नेस‚ एउटा कोइला फर्नेस र २ वटा ह्यामर सञ्चालन गरिसकेको बताए । तत्काललाई यी उपकरणबाट केही कृषि औजार उत्पादन गर्न सकिने र क्रमशः कारखानामा रहेका अन्य उपकरण पनि सञ्चालन गर्दै जाने लक्ष्य रहेको उनले बताए । उद्योगमा करिब ५ दर्जन साना ठूला उपकरण छन् ।

कारखानाका उपकरण ३ दशकदेखि बन्द रहेकाले तीनलाई पुनः सञ्चालन गर्न केही समय लाग्ने तर आफूहरूले चुनौतीलाई स्विकारेर उत्साहका साथ काम गरिरहेको उनले बताए । ‘कतिपय उपकरण हाम्रो जन्मभन्दा अघिका छन्,’ कोजुले भने, ‘कतिपय पुराना उपकरण अन्य मुलुकमा प्रयोगमै छैन तर हामीले पुरानै उपकरणलाई पनि पुर्न प्रयोग गर्ने लायक बनाएका छौं ।’

हाल केन्द्रका ४ मेकानिकल इन्जिनियर तथा भोलन्टियरसमेत गरी ११ जनाको टोली यहाँ कार्यरत छ । भोलन्टियरमध्येका एक अम रोकाले हाल कारखानामा विद्युत्‌को आपूर्ति नै कम रहेकाले एकै साथ सबै उपकरणको परीक्षणमा समस्या भएको बताए । ‘विद्युत् आपूर्ति कम रहेकाले एकै साथ सबै उपकरणको परीक्षण सम्भव छैन,’ उनले भने, ‘पालैपालो परीक्षण गरिरहेका छौं ।’

रोकाले हाल केन्द्रको टोलीले दोस्रो चरणमा यहाँ आएर काम गरिरहेको बताए । पुराना उपकरणबाट कृषि औजारको सफल उत्पादन गरेपछि यो टोलीले तत्काललाई काम रोक्ने उनले बताए ।

त्यसपछि सरकारले कारखाना सञ्चालनका लागि रकम निकासा गरेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको उनले बताए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनका लागि ५० देखि ६० करोड रुपैयाँ निकासा गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म केन्द्रले एक रुपैयाँ पनि सरकारबाट नपाएको उनले बताए ।

पहिलो चरणमा २५ करोड रुपैयाँ प्राप्त भए‚ त्यसबाट तत्काल उद्योग सञ्चालन गर्न सम्भव रहेको उनले बताए । सुरुको १० वर्षसम्म केन्द्र आफैँले यो कारखाना सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्नेछ । मुनाफाको आधा-आधा हिस्सा केन्द्र र सरकारले लिनेछन् । केन्द्रले प्राप्त गर्ने हिस्साबाट कारखाना परिसरमै एउटा छुट्टै अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना पनि छ ।

तत्कालीन सोभियत संघ सरकारले उपहार स्वरुप निर्माण गरिदिएको यो उद्योगको २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उद्योगमा २ सय १० स्थायी र १ सय ११ अस्थायीसमेत गरी करीब ३ सय २५ जनशक्ति कार्यरत थिए ।

उद्योग बन्द भएपछि सबै कर्मचारी/मजदुरले उपदान लिएर बिदा भए पनि तत्कालीन क्यासियर राम सेवक महतोले भने अझै उपदान लिन बाँकी छ । ९ बिघा ११ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि औजार कारखाना तथा यसका अन्य भौतिक पूर्वाधारको रेखदेख तथा संरक्षण आधा दर्जन व्यक्तिले गर्दै आएका छन् ।

उद्योग रुग्ण हुँदै गएपछि तत्कालीन सरकारले २०५३ जेठ १७ गते यो उद्योगलाई निजीकरण गर्ने निर्णय लिएको थियो । जसअनुसार १३ करोड रुपैयाँमा निजीकरणमा लैजान खोज्दा ९ करोड ५१ लाख रुपैयाँ बराबर ६५ प्रतिशत स्वामित्व निजी क्षेत्रले पाउने र बाँकी ३५ प्रतिशत स्वामित्व नेपाल सरकार आफैँले राख्ने निर्णय भएको थियो । पाटनका रेशमलाल वैद्य, बनेपाका जोगिलाल ताम्राकार र हेटौंडाका उदयमोहन श्रेष्ठले साझेदारीमा यो उद्योगको ६५ प्रतिशत स्वामित्व खरिद पनि गरेका थिए । तर एकपटक उद्योग बन्द भएपछि पुनः सञ्चालनमा आउनै सकेन ।

कारखानाले हसिया, खुर्पी, कुटो, कोदालोमात्र नभई विद्युत् प्राधिकरणका लागि विद्युत्‌का पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायु सेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली आदि पनि उत्पादन गर्ने गरेको थियो ।साभार:कान्तिपुर /शंकर आचार्य

The post वीरगन्जकाे कृषि ओैजार कारखानामा ३० वर्षपछि फर्कियाे राैनक appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जकाे कृषि ओैजार कारखानामा ३० वर्षपछि फर्कियाे राैनक
वीरगन्जकाे कृषि ओैजार कारखानामा ३० वर्षपछि फर्कियाे राैनक
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/20221105_082916-1.jpg?resize=1024%2C577&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_7.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_7.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content