मधेसखबर
वीरगन्ज, ५ फागुन : वीरगन्जमा नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । घण्टघार चोकमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा दुई महिला सहित ५३ जनाले रगतदान गरेका छन् ।
रगतदान गर्नेहरुमा करेन पटेल , उमेश कुमार यादव , देवनाथ महत्तो , विक्की मिश्रा , रमेश यादव ,रविन्द्र गुप्ता , आकाश महत्तो ,सुरेन्द्र कुशवाहा , उमेश पटेल लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साका अध्यक्ष देवनाथ महत्तोको अध्यक्षता तथा प्रदेशसभा श्याम पटेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिती थियो ।
The post वीरगन्जमा ओबीसी महासंघको कार्यक्रममा ५३ जनाद्वारा रगतदान appeared first on Madhes Khabar.
प्रतिक्रिया