Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

SHARE: 520

वीरगन्ज ,१७माघ : नेपाल विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । पूर्व निर्धारित तथा तालिकाबिना नै प्राधिकरणले पटक पटक विद्युत् कटौती गरेपछि उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीको गुनासो छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष माधव राजपालले विगतमा लोडसेडिङ हुँदा त्यसको पूर्व जानकारी प्राधिकरणले गराउने गरेकोमा हाल भने कुनै सूचना वा जानकारी बिना विद्युत् कटौती गर्ने गरेकाले समस्या भएको बताए । ‘दैनिक अघोषित रुपमा ४ देखि ८ घण्टासम्म विद्युत् कटौती भइरहेको छ,’ उनले भने, ‘तालिका बनाएर विद्युत् कटौती गरिएको भए हामीले सोही तालिका अनुरुप नै उद्योग सञ्चालन गर्थ्यौं ।’

विशेष गरी फलामजन्य वस्तु उत्पादन गर्ने उद्योग र ‘बोइलर’ मेसिन प्रयोग गर्ने उद्योगमा अचानक विद्युत् कटौती हुँदा बढी मर्का परेको उनले बताए । ‘फलाम गलाउँदै गर्दा फ्याट्ट बत्ती जान्छ,’ उनले भने, ‘फेरि फलाम सेलाइसकेपछि गलाउन धेरै विद्युत् खपत हुन्छ, यसरी उद्योगहरुको उत्पादन लागत बढनुको साथै कच्चा पदार्थ पनि खेर जाने गर्छ ।’

संघका द्वितीय उपाध्यक्ष हरि गौतमका अनुसार प्राधिकरणले विद्युत् कटौती गर्ने क्षेत्र र त्यसको समय तालिका बारे पूर्व सूचना वा जानकारी दिने गरेमा धेरै सहज हुन्छ । ‘अहिले हचुवाको भरमा ८ देखि १२ घण्टासम्म विद्युत् कटौती गरिएको छ,’ उनले भने, ‘यो कमजोर व्यवस्थापन बाहेक केही होइन, हामीलाई सुरक्षित र भरपर्दो विद्युत् प्राधिकरण उपलब्ध गराउनु पर्‍यो, हालको गैरजिम्मेवार अवस्थाबाट मुक्त भएर प्राधिकरण सच्चिनु पर्छ ।’

उद्योग व्यवस्थापनले जेनेरेटर चलाएर ४० देखि ४५ रुपैयाँ प्रति युनिट लागत खर्च गर्न सम्भव नरहेको उनले बताए । ‘एकातिर सकारले डिजेलमा दोब्बर, तेब्बरी मुनाफा कमाई रहेको छ,’ उनले भने, ‘प्राधिकरणले भारतमा सस्तो भएको बेला मात्र विद्युत् खरिद गर्ने सोच त्याग्नु पर्छ ।’ नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अमोद यादवले हाल हिउँदका कारण खोलानालाहरुको जलस्तर घटेर स्वदेशका जलविद्युत् आयोजनाहरुको उत्पादन उल्लेखनीय रुपमा घटेकाले भारतीय विद्युत् माथिको निर्भरता बढेको बताए ।

उनले वीरगन्ज पथलैया औद्योगिक करिडोरको हालको माग २ सय २० मेगावाट रहेको र रक्सौल–परवानीपुर १ सय ३२ केभी प्रशारण लाइनबाट ३० देखि ४० मेगावाट मात्र विद्युत् उपलब्ध भइरहेको बताए । यस बाहेक बाराको पिलुवामा रहेको सबस्टेसनबाट पनि विद्युत् आपूर्ति नभई रहेको अवस्थामा लोडसेडिङ वा भारतबाट विद्युत् किन्नुपर्ने बाध्यता रहेको बताए ।

बिहान र बेलुकाको समयमा विद्युत्‌को माग अत्यधिक रहेको बेला औद्योगिक करिडोरबाट कटौती गरी ग्राहस्थ तर्फका ग्राहकलाई विद्युत् उपलब्ध गराउने गरिएको उनले बताए । उनले भारतबाट खरिद गरिने विद्युत्‌को दर समय अनुसार महँगो र सस्तो पर्ने भएकाले दैनिक बिडिङ गरेर मात्र भारतसँग विद्युत् खरिद गर्ने अवस्था रहेको बताए । उनले भने, ‘१२/१३ रुपैयाँ भारुमा पिक आवरमा महँगोमा विद्युत् खरिद गर्नु भन्दा सस्तो रहेका बेला ६/७ रुपैयाँ प्रतियुनिट भारुमा खरिद गर्ने गरिएको छ ।’ साभार:कान्तिपुर

The post अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा
अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/IMG_20230131_201453.jpg?resize=1024%2C658&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/01/blog-post_734.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/01/blog-post_734.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content