वीरगन्ज ,०६ माघ : पर्साको ठोरी गाउँपालिका स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा ठोरी गापा -४ स्थित विजयबस्ती माविका छात्रले प्रथम स्थान हासिल गरेका छन् । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ औँ सोनाम ल्होछारकाे अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा विजयबस्ती मावपकाे कक्षा १०मा अध्ययनरत छात्र सूर्यप्रकाश बजगाइँ प्रथम भएका हुन् ।
सायमी थाङ्का आर्ट ग्यालरी काठमाडौँको आर्थिक सौजन्य तथा ठोरी -५ सुवर्णपुर स्थित ज्ञानवाटिका माविको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्रिय आधारभुत विद्यालय निर्मलबस्तीकी छात्रा अरुणा गोले द्वितीय र ज्ञानज्योति मावि घ्याङडाँडाकी छात्रा अङ्किता श्रेष्ठ तृतीय भएका छन् ।
प्रतियोगितामा आयोजक ज्ञानवाटिका मावि सुवर्णपुर , नेरामावि ओडार र नेराप्रामावि दीपकनगरले सान्त्वना पुरस्कार हात पारेका छन्।
प्रतियोगितामा प्रथम , द्वितीय तथा तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरिएको थियाे । सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई जनही नगद १ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।
आयोजक विद्यालयका प्रधानाध्यापक सोमबहादुर दोङको अध्यक्षता एवं ठोरी ५ का वडाअध्यक्ष अष्टबहादुर लोप्चनको प्रमुख आथित्यतामा सम्पन्न प्रतियोगितामा ठोरी गाँउपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयहरु सहभागी भएका थिए ।
शिक्षक कमल घिसिङ , बुद्धलाल पाख्रीन तथा शान्त बलले निर्णायकको भूमिका निभाएका प्रतियोगिताको विषय ” सोनाम ल्होछार पर्व ” रहेको थियो ।
The post वक्तृत्वकला प्रतियोगितामा विजयबस्ती माविका बजगाँई प्रथम appeared first on Madhes Khabar.
प्रतिक्रिया