मधेसखबर
वीरगन्ज ,१०माघ : वीरगन्जका दुई सामुदायिक विद्यालयमा मंगलबार विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण गरिएकाे छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सहयोगमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला बिपत ब्यवस्थापन समितिले वीरगन्जको नगवाकाे नेपाल राष्ट्रीय माध्यमिक विद्यालय र जेपी चतुर्वेदी आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३७ जना विद्यार्थीहरुलाई १/१ थान ज्याकेट र १/१ जाेर जुत्ता वितरण गरेकाे हाे ।
मंगलबार दुवै विद्यालयका विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले ज्याकेट र जुत्ता प्रदान गरे ।सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केसी, सचिव श्रवण रायमाझी , भवानी घिमिरे, सम्झना मल्ल ,जेपी चतुर्वेदी,जेपी चतुर्वेदी आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंह , नेपाल राष्ट्रीय मावि नगवाका सहायक प्रधानाध्यापक अजय कुमार साह , रेणु श्रेष्ठ, नसिमा खातुन, शोभा तिवारी , ममता अर्याल, प्रहरी जवान कुमार विक लगायतको
सहभागिता रहेको थियोे ।
The post वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण appeared first on Madhes Khabar.
प्रतिक्रिया