
फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय
मधेसखबर
वीरगन्ज , १५ माघ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको वेवास्ताका कारण सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् ।
वडा कार्यालयमा विद्युत आपूर्तीको वैकल्पिक व्यवस्था नभएको र कार्यालयको कम्प्युटर पनि २० दिन देखि बिग्रिएर थन्किएको हुदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् ।
वडा कार्यालयमा विद्युत आपूर्तीको वैकल्पिक व्यवस्था नहुदा विद्युतको लाइन कटेका बेला जन्म, विवाह र मृत्यु दर्ता , बसाइ सराई , नाता प्रमाणित जस्ता काम समयमा नहुने गरेको सेवाग्राहीको गुनासो छ ।
पोखरियाका स्थानीय समेत रहेका शिक्षक विशाल महराले विवाह दर्ता प्रमाणपत्र बनाउनका लागि आफु ५ दिन देखि वडा कार्यालयमा धाइरहेको भएपनि काम नभएको गुनासो गरे । कार्यालय समयमै विद्युतको लाइन कट्ने गरेको र वैकल्पिक व्यवस्था नहुदा काम हुन नसकेर आफु फर्किनने गरेको महराले बताए ।
वडा कार्यालयका सचिव नीरज दुवेदीले पनि वडा कार्यालयमा विद्युत आपुर्तिको वैकल्पिक व्यवस्था नहुदा सेवा प्रवाहमा समस्या भएको स्वीकारे । यसका साथै वडा कार्यालयमा रहेको कम्प्युटर पनि २० दिनदेखि बिग्रिए र त्यसलाई मर्मतका लागि जिन्सी शाखामा पठाएको दुइ हप्ता बित्दा पनि मर्मत भइ नआएको गुनासो दुवेदीले गरे । यीसब कारणले वडा कार्यालयको सेवा प्रवाहमा असर परेको र सेवाग्राही पनि सास्ती खेप्न बाध्य भइरहेको उनले बताए ।
The post पोखरिया ४ को वडा कार्यालयमा सेवाग्राहीलाई सास्ती appeared first on Madhes Khabar.
प्रतिक्रिया