मधेसखबर
वीरगन्ज ,११माघ : बारामा विद्युतकाे करेन्ट लागेर घाइते भएका वीरगन्जका एक युवककाे उपचारका क्रममा मृत्युु भएकाे छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ घर भएका ३० वर्षिय राजु महत्ताे रहेका छन् । गत आइतबार बाराको परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियाद स्थित विद्युतकाे पाेलमा चढेर तार मर्मत गर्ने क्रममा करेन्ट लागेर महत्ताे गम्भीर घाइते भएका थिए ।
घाइते महत्ताेकाे एल एस न्युराे अस्पतालमा उपचार भइरहेकाेमा उपचारकै क्रममा बुधबार दिउँसाे मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
The post करेन्ट लागेर घाइते वीरगन्जका राजुकाे उपचारका क्रममा मृत्युु appeared first on Madhes Khabar.
प्रतिक्रिया