मधेसखबर
वीरगन्ज ,१९ मंसिर : सात वटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।
मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा माओवादी केन्द्र समान नौ-नौ स्थानमा विजयी भएका छन्।
प्रदेशसभामा १ सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको हाे। नेकपा (एमाले) ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११-११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात-सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक-एक स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी ३ र राप्रपा २ स्थानमा विजयी भएका छन्।
बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक-एक स्थानमा विजयी भए।
गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्
कर्णाली प्रदेशसभाका २४ सिटमा र माओवादी नौ-नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन-तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
The post प्रदेशसभाको प्रत्यक्ष तर्फको ३३० मध्ये १११ सिट जित्दै कांग्रेस पहिलो दल appeared first on Madhes Khabar.
प्रतिक्रिया