वीरगन्ज,१६ मंसिर : यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको टिमले पाँचौं खेलमा पहिलो जित हासिल गरेको छ । त्रिवि मैदानमा शुक्रबार भएको खेलमा मधेसले गण्डकी प्रदेशमाथि ५ विकेटको जित रचेको हो ।
गण्डकीले दिएको २१४ रनको लक्ष्य मधसशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । मधेसका लागि ओपनर मयन मण्डलले सार्वधिक ४९ रन बनाए । उनले ७४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर मेघराज रामले ७१ बलमा ४३ रन बनाउँदै रनआउट भए । इमरान शेखले २७ रन बनाएर अर्जुन कुमालको हातबाट क्याच भए ।
अनिल अन्सारी ३२ रनमा स्टम्पिङ भए । सर्फराज मन्सुरी २१ रनमा बोल्ड भए । दल्बु यादव र अभिषेक तिवारी क्रमशः २१ र १३ रनमा अविजित रहे । बिलङमा गण्डकीका लागि शिशिर भुषाल, नितेश गिरी, अर्जुन कुमाल र करन पङ्गेनीले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । गण्डकीका ओपनर गोविन्द विकले सर्वाधिक ५३ रन बनाए । उनले ८४ बल खेलेर ३ चौका प्रहार गरे ।
बलिङमा मधेसका सायमन रायले सर्वाधिक ३ विकेट लिए । अविजित मण्डल र नितेश यादवले समान २–२ विकेट लिए ।
जारी प्रतियोगितामा मधेसले ५ खेलमा ४ हार र १ जितको नतिजा निकालेका छन् । सात प्रदेशका टिमबीच राउण्ड रोविन प्रणालीमा सन्चालित प्रतियोगितामा शीर्ष दुई स्थानका टिमले मंसिर १९ गते फाइनल खेल्नेछन् ।साभार : अनलाइनखबर
The post यू–१९ राष्ट्रिय क्रिकेटमा मधेसको पहिलो जित appeared first on Madhes Khabar.
प्रतिक्रिया