मधेसखबर
वीरगन्ज ,०२पुस : वीरगन्जमा आयाेजित उदय मेमाेरियल क्रिकेट प्रतियोगिताकाे उपाधी पर्साकाे नृसिंह मावि पिपरामठ वीरगन्जले जितेकाे छ।
वीरगन्जकाे ग्यालेक्सी माविले आदर्शनगर रंगशालामा आयाेजना गरेकाे प्रतियोगिताकाे शुक्रबार भएकाे फाइनल खेलमा वीरगन्जकै माइस्थान विद्यापिठ माविलाई ६ विकेटले पराजित गर्दै नृसिंह माविले उपाधि जितेकाे हाे ।
माइस्थान विद्यापिठ माविले दिएकाे १५२ रनकाे लक्ष्य नृसिंह माविले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । यसअघि पहिले व्याटिंग गरेकाे माइस्थान माविले १९ ओभर २ बलमा अलआउट हुँदै १५१ रन बनाएकाे थियाे ।
फाइनल खेलकाे म्यान अफ दी म्याच नृसिंह माविका मन्नु यादव घाेषित भए ।प्रतियाेगितामा पर्साका १० र बाराका ६ वटा विद्यालयले भाग लिएका थिए ।
प्रतियाेगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमका खेलाडीलाई राप्रपाका नेता नरेश कुमार साह, आयाेजक विद्यालयका प्रधानाध्यापक अमित सिंह लगायतले ट्रफी र शील्ड वितरण गरेका थिए ।
The post उदय मेमाेरियल क्रिकेटकाे उपाधि नृसिंह माविलाई appeared first on Madhes Khabar.
प्रतिक्रिया