Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव

SHARE: 520

मधेसखबर
वीरगन्ज,२१ मंसिर :मंसिर ४ को निर्वाचनमा पर्सामा पनि चुनावको पूर्वसन्ध्यामा दल परिवर्तन गरेर चुनाव लडेका एक बाहेक अरु सबै उम्मेदवारहरु नमिठो पराजय व्यवहोर्न बाध्य भएका छन् ।

यसरी पराजित हुने मध्ये केहिले दल नै फेरेर अर्को दलबाट उम्मेदवारी दिएका थिए भने कतिपयले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि पुर्व जिल्ला सभापति अजय द्विवेलीले प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनि , जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादव भन्दा करिब १६ सय कम मत पाएर पराजित भए ।

पर्सा क्षेत्र नम्बर २ मा चुनावको केहि हप्ता अघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जसपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका सुरेन्द्र कुर्र्मीलाई पनि दल फेरेर चुनाव लडेको फापेन । कुर्मी , काँग्रेसका उम्मेदवार अजय चौरसियासग ६ हजार भन्दा बढि मतान्तरले पराजित भएका हुन् ।
पर्सा क्षेत्र नम्बर ३ मा नेपाल संघीय समाजवादी पार्टी छाडेर नेपाल सुशासन पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका राज कुमार यादवले पनि जित हात पार्न सकेनन् । उक्त क्षेत्रमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित हुदा यादव भने तेश्रो स्थानमा सिमित हुन पुगे ।

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेबाट प्रतिनिधीसभा सदस्यकाअ उम्मेदवार बनेका जालीम मियाँलाइ पनि असफलता नै हात लाग्यो ।उक्त क्षेत्रमा काँग्रेसका रमेश रिजाल निर्वाचित हुदा मियाँ भने दोश्रो स्थानमा सिमित हुन पुगे । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका मियाँ , गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए ।

 

यस्तै प्रदेशसभा सदस्यमा पनि कतिपय उम्मेदवारले आफु पहिले रहेको दल फेरेर र कतिपयले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर ती मध्ये एक जना बाहेक अरु सबैले पराजय भोगेका छन् ।
पर्सा क्षेत्र नम्बर १ (१) मा जसपाबाट टिकट नपाएपछि निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवार दिएका थिए । तर उनी तेश्रो स्थानको मत पाउदै पराजित हुन पुगे । यहि क्षेत्रमा काँग्रेसबाट टिकट नपाएपछि सुधिर पटेलले पनि स्वतन्त्र उम्मेदवारी दिएकोमा उनलाइ पनि सफलता हात परेन ।

पर्सा क्षेत्र नम्बर १ (२) मा लोसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रकाश सर्राफ र शशीकपुर मियाँले पनि पराजय भोग्नु परयो । पर्सा क्षेत्र नम्बर २ (२) काँग्रेस छाडेर राप्रपाका उम्मेदवार बनेपनि प्रमानन्द साह कानुले सफलता पाउन सकेनन् ।उनि चौथो स्थानमा सिमित भए । यहि क्षेत्रमा जसपाबाट टिकट नपाएपछि रुपेशमान सिंह , करिमा बेगम र मुकेश द्धिवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिएपनि उनिहरु सबै जना पराजित भए ।

पर्सा क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यको नजिता भने जिल्लाभरमै फरक आएको छ । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर पनि प्रमोद जयसवालले बाजी मारेका छन् । जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जयसवाल निर्वाचित भएका हुन् । जिल्लामै स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने उनि मात्रै एक्ला उम्मेदवार हुन् । यस क्षेत्रमा जसपा छाडेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्य अब्दुल रहीम अन्सारी पनि पराजित भएका छन् । यस्तै जसपा छाडेर नेपाल सुशासन पार्टीका उम्मेदवार बनेका शीव कुमार साहलाई पनि दल फेरेर चुनाव लडेको फापेन । यसैगरि काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रकिशोर चौधरीलाइ पनि असफलता नै हात लाग्यो ।

पर्सा क्षेत्र नम्बर ३ (२) मा मनोनयन दर्ताकै दिन नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी पार्टीको उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्य प्रहलाद गिरि पनि पराजित भए । २०७४ को निर्वाचनमा जसपा (तत्कालीन संघीय समाजवादी पार्टी) बाट निर्वाचित भएका गिरि, मंसिर ४ को निर्वाचनको मिति घोषणा भएलगतै जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । तर एमालेले उनलाई उम्मेदवार नबनाउने भेउ पाएपछि उनि मनोनयन दर्ताकै दिन नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेर उक्त पार्टीको उम्मेदवार बनेका थिए । यहि क्षेत्रमा जसपाबाट टिकट नपाएपछि नेपाल सुशासन पार्टीको उम्मेदवार बनेका गौरीशंकर साहलाई पनि दल फेरेर चुनाव लडेको फापेन । उनि पनि पराजित हुन पुगे ।

पर्सा क्षेत्र नम्बर ४ (१ ) मा जसपाबाट टिकट नपाएपछि वीरेन्द्र यादव र जरी लामा दुवैले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनिहरु पनि पराजित हुन पुगे ।

The post पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव
पर्सामा पनि दल बदलु र स्वतन्त्रहरुलाई फापेन चुनाव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/GridArt_20221207_090410824.jpg?resize=1024%2C576&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_53.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_53.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content