Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

SHARE: 520

मधेसखबर
वीरगन्ज,२५ मंसिर : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर त्यहाका स्थानीयको समस्या र गुनासो सुन्दै सुझाव लिन थालेका छन् ।नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका मेयर सिंहले नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका समस्या सुन्दै सुझाव संकलन गर्न सुरु गरेका हुन् ।

मेयर सिंहले शनिबार विहान वीरगन्ज महानगरपालिका वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिए ।मेयर सिंहसहित पुगेको टोलीलाई स्थानीयले फुलमाला लगाएर स्वागत गर्दै आफ्नो टोलमा बाटो, नाला र विद्युतीय तारको व्यवस्था मिलाइदिन आग्रह गरे ।

स्थानीयको समस्या सुन्दै मेयर सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको भन्दै अगाडि आएका समस्या समाधानका लागि तत्काल काम अघि बढाइने बताए ।कर्मचारीसहित लिएर पुगेका मेयर सिंहले नयकाटोलाको सडक र नाला निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर काम अघि बढाउन निर्देशन पनि कर्मचारीलाई दिए ।सँगै रहेका वडा सदस्य दिपेन्द्र राउतले विद्युतीय तारका लागि प्राधिकरणसँगको समन्वयमा तत्काल समस्या समाधान गर्ने गरी काम गर्ने स्थानीयलाई प्रतिबद्धता दिलाए ।

बजार छपकैया पछि वडा नम्वर २४ रामगढवामा पुगेर मेयर सिंहले त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।ढलानमा प्रयोग भइरहेको छड , सिमेन्ट रर बालुवाको मिश्रण परीक्षणका लागि कर्मचारीलाई निर्देशन दिँदै सिंहलले सडक ढलानको ठेक्का लिएका ठेकेदारलाई पनि मापदण्ड अनुरुप निर्माण गर्न निर्देशन दिए ।त्यस लगत्तै रामगढवाका स्थानीयसँग भेट गर्दै उनले त्यहाँको विकासका लागि गर्नु पर्ने कामको सुझाव मागेका थिए ।

स्थानीयले तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरे ।त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका मेयर सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्ककको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिए ।

शनिबार नै मेयर सिंहसहितको टोली वडा नम्वर २७ रामपुर जसौलीमा पनि पुग्यो । तिलाबे नहर वारी नै गाडी रोकेर साँघुरो कल्भर्ट हुँदै पुगेको टोलीलाई त्यहाँका स्थानीयले पुल नहुँदा आफूहरुले समस्या भोगि रहेको भन्दै नहरमा सवारी आउजाउ गर्न मिल्ने पुल बनाइदिन आग्रह गरे ।मेयर सिंहले आफूहरु त्यसैको लागि आएको भन्दै सँगै रहेका इन्जिनियर भरत बहादुर थापालाई नापजाँच गरेर इस्टिमेट तयार पार्न निर्देशन दिए ।रामपुर जसौलीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने पनि मेयर सिंहले प्रतिबद्धता जनाए ।

त्यहाँबाट वडा नम्वर २२ जगरनाथपुर फर्केको टोलीले त्यहाँ स्थानीयसँग छलफल गर्दै स्थानीय स्तरमा रहेका समस्याको जानकारी लियो ।विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि मेयर सिंह कर्मचारीसहित टोलटोलमा पुग्न लागेका हुन् ।

त्यसक्रममा स्थानीयसंग साक्षात्कार गर्दै मेयर सिंहले चुनाव जिते पछि केहि समय लगत्तै आम निर्वाचान परेका कारण आचार संहिताले विकास निर्माणका नयँँ कामहरु गर्नबाट रोकिएको तर अब चुनाव सकिसकेकाले आफनो सम्पूर्ण ध्यान नगरको विकास र नगरवासीको समस्या सामधानमा केन्द्रित हुने प्रतिबद्धता पनि जनाए ।मेयर सिंह प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, योजना शाखाका राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा लगायतको टोली लिएर टोल टोल पुग्न थालेका हुन् ।

The post वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह
वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/mayor-25.jpg?resize=1024%2C461&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_18.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_18.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content