काठमाडौं,१३पुस : सरकारको नीति र बैंक तथा वित्तीय संस्थाहरुले लिंदै आएको उच्च ब्याजदर बिरुद्ध उद्योगी व्यपारीले गर्दै आएकाे आन्दोलन स्थगित गरेका छन् ।
नयाँ सरकार बने लगत्तै अर्थमन्त्री बिष्णु पौडेलले उद्योगीहरुसँग भेटघाट र समस्या सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरुले आन्दोलन स्थगित गरेका हुन् ।बुधबार काडमाडाैंमा उनिहरुले पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिएकाे घोषणा गरेका हुन् ।
केही समययता वीरगन्ज सहित देशभरका उद्योगी व्यपारीहरु कर्जामा भएको अस्वभाविक ब्याज बृद्धि, पुनरकर्जालाई क्रमिता हुनु पर्ने, चालु आवको हाल तेस्रो किस्ताको साँवा र ब्याज भुक्तानीको भ्याद थप र चालू पूँजी कर्जा निर्देशिकाको स्थगत गर्नु पर्ने मागसहित आन्दोलनमा थिए ।
बुधाबारकन पत्रकार सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीम न्यौपाने,मोरङ ब्यापार संघका अध्यक्ष नबिन रिजाल, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका लगायतका उद्योग व्यवसायीको सहभागीता थियो ।
The post उद्योगी व्यपारीकाे आन्दोलन स्थगित appeared first on Madhes Khabar.
प्रतिक्रिया