Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सामा पनि मतदान शुरु

SHARE: 520

मधेसखबर
वीरगन्ज ,०४ मंसिर :प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि पर्सामा पनि बिहान ७ बजे देखि मतदान शुरु भएकाे छ।

गणतन्त्र स्थापनापछिको दोस्रो आमनिर्वाचनमा पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रबाट गरि कुल १६१ जना उम्मेदवार चुनावीमा मैदानमा छन्।

 

बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म सम्पन्न हुनेछ। मतदाताहरूले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षमा एक/एकजना तथा समानुपातिकमा पनि प्रतिनिधिसभा तथा प्रदेशसभामा एक/एकजना गरी एउटा निर्वाचन क्षेत्रमा एकजना मतदाताले चारवटा मतपत्रमा मतदान गर्दैछन्।

आइतबार भइरहेकाे निर्वाचनमा पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा १६ जना तेस्रो लिङ्गीसहित तीन लाख ४५ हजार ९२८ जना मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाए अनुसार पर्साको निर्वाचन क्षेत्र नं १ मा पुरुष ४४ हजार ९९, महिला ३३ हजार ५७८ र तेस्रोलिङ्गी दुर्ईजना गरी ७७ हजार ८७९ जना मतदाता रहेका छन्। यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ वटा मतदान केन्द्र छन्।

यसैगरी, पर्सा क्षेत्र नं २ मा पुरुष ४९ हजार ७५, महिला ३७ हजार ८८७ र तेस्रोलिङ्गी चारजना गरी ८६ हजार ९६६ मतदाता छन्। यो क्षेत्रमा ३८ वटा मतदानस्थल र १०३ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ।

यसैगरी, पर्सा क्षेत्र नं ३ मा पुरुष ५१ हजार ३६६, महिला ३९ हजार ६२ र तेस्रोलिङ्गी चारजना गरी ९० हजार ४३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ वटा मतदानस्थल र १०९ वटा मतदान केन्द्र छन्।

पर्सा क्षेत्र नं ४ मा पुरुष ५० हजार ३६४, महिला ४० हजार ४८१ र तेस्रोलिङ्गी छजना गरी ९० हजार ८५१ जना मतदाता रहेको र ४८ वटा मतदानस्थल र ११२ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ। पर्सा जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार ८५१ जना छन्।

यसैगरी, आठवटा क्षेत्र रहेको प्रदेशसभामा पर्सा क्षेत्र नं १ को (१)मा पुरुष २२ हजार ५६१, महिला १६ हजार ४५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ वटा मतदान केन्द्र छन्। क्षेत्र नं १ (२)मा पुरुष २१ हजार ५३८, महिला १७ हजार १२३, तेस्रोलिङ्गी दुर्ईजना गरी कुल ३८ हजार ६६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ वटा मतदान केन्द्र छन्।

पर्सा क्षेत्र नं २ (१) मा पुरुष २४ हजार ६३१, महिला १९ हजार २११, तेस्रोलिङ्गी दुर्ईजना गरी कुल ४३ हजार ८४४ मतदाता रहेको र २१ वटा मतदानस्थल तथा ५२ वटा मतदान केन्द्र छन्। क्षेत्र नं २ (२) मा पुरुष २४ हजार ४४४, महिला १८ हजार ६७६, तेस्रोलिङ्गी दुईजना गरी ४३ हजार १२२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र छन्।

पर्सा क्षेत्र नं ३ (१) मा पुरुष २४ हजार ९३०, महिला १९ हजार ४६२, तेस्रोलिङ्गी एकजना गरी ४४ हजार ३९३ मतदाता छन् भने २२ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र छन्। क्षेत्र नं ३ (२) मा पुरुष २६ हजार ४३६, महिला १९ हजार ६००, तेस्रोलिङ्गी तीनजना गरी ४६ हजार ३९ मतदाता र २५ वटा मतदानस्थल तथा ५८ वटा मतदान केन्द्र छन्।

पर्सा क्षेत्र नं ४ (१) मा पुरुष २३ हजार ९०२, महिला २० हजार २७२ र तेस्रोलिङ्गी तीनजना गरी ४४ हजार १७७ जना मतदाता, २५ वटा मतदानस्थल र ५५ वटा मतदान केन्द्र छन्। क्षेत्र नं ४ (२) मा पुरुष २६ हजार ४६२, महिला २० हजार २०९, तेस्रोलिङ्गी तीनजना गरी ४६ हजार ६७४ मतदाता, २३ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय, पर्साले चारवटा सङघीय निर्वाचन क्षेत्र, आठवटा प्रदेशसभा क्षेत्र रहेको पर्सा जिल्लामा पुरुष एक लाख ९४ हजार ९०४, महिला एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गी १६ जना गरी तीन लाख ४५ हजार ९२८ मतदाता रहेको र कुल मतदानस्थल १६७ र मतदान केन्द्र ४१२ वटा रहेको जानकारी गराएको छ।

The post पर्सामा पनि मतदान शुरु appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्सामा पनि मतदान शुरु
पर्सामा पनि मतदान शुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/IMG_20221120_081923.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/11/blog-post_930.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/11/blog-post_930.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content