मधेसखबर
वीरगन्ज,११ मंसिर : मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गर्दै पुरानो साख फर्काउन सफल भएको छ ।
प्रत्यक्ष तर्फ ४ प्रतिनिधीसभा मध्ये २ र ८ प्रदेशसभा मध्ये ३ क्षेत्र जितेर पहिलो स्थानको दल बनेको काँग्रेसले समानुपाति तर्फ पनि सबै भन्दा बढि मत पाएको छ ।आइतबार सकिएको समानुपातिक तर्फको मतगणनामा प्रतिनिधीसभा र प्रदेशसभा दुवै तर्फको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि मत प्राप्त गरेको हो ।
प्रतिनिधीसभाको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेश्रो स्थानमा झरेको छ ।
राप्रपा २० हजार ८७३ .मतका साथ चौथो , नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैठौं शक्ति पर्सामा बनेको छ । सातौ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौं स्थानमा सिमित हुन पुगेको छ ।
प्रदेशसभाको समानुपातिकमा पनि काँग्रेस नै पहिलो
प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबै भन्दा बढि ६३ हजार ८६१ मत पाएको छ । जसपा भने ४१ हजार ६२७ मतका साथ दोश्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०४ मत प्राप्त गर्दै तेश्रो दल बनेको छ ।
चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौ दल बनेको छ । सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैठौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौ स्थानमा , नेकपा एकिकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौ स्थानमा पुगेको छ । नवौं स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।
प्रत्यक्षमा पनि काँग्रेस नै पहिलो
मंसिरको ४ को निर्वाचनमा पर्सामा काँग्रेसले प्रत्यक्ष तर्फ पनि सबै भन्दा बढि सिट जितेको छ । काँग्रेसले २ प्रतिनिधीसभा सदस्य र ३ प्रदेशसभा सदस्यमा जिते हात पारेको हो ।
पर्सामा ४ प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेकोमा त्यस मध्ये पर्सा २ र ४ मा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । यस्तै ८ प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये काँग्रेसका ३ जनाले जितेका छन् । प्रदेशसभा तर्फ पर्सा २ को (क) , पर्सा ३ को (ख) र पर्सा ४ को (क) मा काँग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् । जसपाले भने १ प्रतिनिधीसभा सदस्य र २ प्रदेशसभा सदस्य जितेको छ । पर्सामा एमालेले भने १ प्रतिनिधीसभा सदस्य मात्र जितेको छ । प्रदेशसभा सदस्यामा लोसपा , माओवादी केन्द्र र स्वतन्त्रका १÷१ उम्मेदवार विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा पर्सामा कुन दल कुन स्थानमा थिए ?
२०७४ को निर्वाचनमा भने पर्सामा प्रत्यक्ष र समानुपातिक दुवैमा गरि जसपा पहिलो दल बनेको थियो । उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ जसपा.(तत्कालीन संघीय समाजवादी फोरम) ले प्रतिनिधीभाका ४ मध्ये ३ र प्रदेशसभाका ८ मध्ये ५ सदस्य जितेर पहिलो दल बनेको थियो । काँग्रेसले प्रत्यक्ष तर्फ प्रतिनिधीसभाका ४ वटै क्षेत्रमा पराजय व्यवहोरेको थियो भने प्रदेशभाका ८ मध्ये दुइ सदस्य मात्र जितेको थियो । उक्त चुनावमा प्रत्यक्ष तर्फ लोसपाले १ प्रतिनिधीसभा सदस्य र १ प्रदेशसभा सदस्य जितेको थियो ।
२०७४ को निर्वाचनमा सामानुपातिक तर्फ पनि प्रतिनिधीसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधीसभाको समानुपातिकमा जसपाले सबै भन्दा बढि ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो । दोश्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधीसभाको समानुपातिकमा जसपाले ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो । तेश्रो स्थानमा रहेको एमालेले प्रतिनिधीसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।
The post पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया