मधेसखबर
वीरगन्ज , १६ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को (क) मा पर्ने तीन वटा वडामा बुधबार जसपा –एमाले गठबन्धनको संयुक्त चुनावी भेला सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा सम्पन्न संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप यादवले जसपा र एमालेका कार्यकर्ता बिच कुनै मतभेद नरहेकोले आफुहरुको विजय सुनिश्चित रहेको बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई ईमन्दारिपुर्वक भोट दिन दुवै दलका नेता कार्यकर्ताहरुलाइ आग्रह पनि गरे ।
पुर्वमन्त्री समेत रहेको यादवले सुख दुखमा पार्टी नै काम लाग्ने भएकोले पार्टीका उम्मेदवारलाई बिजयी गराउन अनुरोध पनि गरे ।
पर्सा १ मा पार्टीको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका नेताहरुको अस्तित्व संकटमा परेको बताउदै यादवले भने ,‘ केहि दिनमै जिपको टायर पड्किन्छ, साईकलको हावा फुस्किन्छ , रिक्सा पन्चर हुन्छ अनि माछालाई जनताले पकाएर खान्छन् ।
भेलालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवार विचारी यादवले जसपा एमालेकोे गठबन्धन जिते मात्र यस क्षेत्रको बिकाश हुने ठोकुवा गरे ।जसपा–एमाले गठबन्धन पवित्र गठबन्धन भएकोले ईमन्दारिक पुर्वक कार्यकर्ताहरुलाई भोट दिन उनले आग्रह गरे ।
भेलामा नेकपा एमालेका सल्लाहकार बिश्वम्भर शर्मा, नगर सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता, बासदेव यादव,जसपा नेता संतोष कुमार साह,सुलेमान अंसारी लगायतको उपस्थित थियो ।
The post जसपा –एमालेका उम्मेदवारलाई इमान्दारिपूर्वक भोट दिन प्रदीप यादवको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया