मधेसखबर
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् ।
पाँच दलीग गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८ सय १७ मतका प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विचारी यादवलले ५ हजार ६ सय १८ मत पाएका छन् । अन्सारी र यादव बिचको मतान्तर १ हजार १ सय ९९ रहेको छ ।
स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी भने ५ हजार २ सय ८६ मत र अर्का स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत पाएका छन् ।
२०७४ को निर्वाचनमा सिंह , पर्सा १ (क) को प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका जन्नत अन्सारी ८ हजार ५ सय ९३ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामनारायण कुर्मीले ७ हजार १ सय ७१ मत पाएका थिए । माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी भने ६ हजार ७ सय ९४ मतका साथ तेश्रो भएका थिए।
The post पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी appeared first on Madhes Khabar.
प्रतिक्रिया