मधेसखबर
वीरगन्ज ,२९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ का पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार अजय चाैरसियाले जनताबाट पाइरहेकाे अपार समर्थनले आफू निक्कै उत्साहित भएकाे बताएका छन् ।
बहुदरमाई नगरपािलका वडा नम्बर ४ डाेकैला बहुअरीमा मङ्गलबार राति आयाेजित रात्री सभालाई सम्बाेधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका चाैरसियाले आफू २०५६ र २०६४ मा सांसदमा जित्दा क्षेत्रमा गरेका विकास निर्माणका काम बाहेक त्यसपछि कुनै काम नभएकाे बताए ।उनले विगतमा आफू सांसद र मन्त्री बन्दा ल्याएका विकास निर्माणका याेजनाहरु आफू हारेपछि अधुरै रहेकाे भन्दै अब निर्वाचित भए पछि ती अधुरा याेजनाहरु पूरा गराउने वाचा गरे ।
चाैरसियाले सांसदमा जितेपछि पर्सा २ मा सुविधा सम्पन्न वृद्धाश्रम र प्राविधिक क्याम्पस निर्माण गर्ने वाचा पनि गरे । उनले बहुवरी डाेकैलाकाे बिचमा रहेकाे पुल जीर्ण भइसकेकाले त्यहा दुई लेनकाे पक्की पुल निर्माण , बहुअरी पिडरीमा ३ स्थानमा टावर लाइट जडान र पक्की नाला निर्माण गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले मधेसकाे सबै भन्दा गद्दार नेता जसपाका अध्यक्ष उपेन्द्र यादव नै भएकाे आराेप पनि लगाए । उनले भने, मधेसकाे सबै भन्दा गद्दार नेता उपेन्द्र यादव हुन् , किन कि जाे सबै भन्दा मधेस विराेधी दल एमालेसंग चुनावमा गठबन्धन गरेका छन् । मधेस आन्दाेलनका बेला मधेसीकाे अधिकारका लागि आफू मितेरी पुलमा धर्नामा बसेकाे स्मरण गराउदै चाैरसियाले भने, मधेसीका लागि मैले सडकमा मात्र हाेइन सदनमा पनि पटक पटक आवाज उठाएकाे छु , पत्यार नलाग्नेले गुगलमा मधेस आन्दोलनको भिडियो सर्च गरेर हेरे हुन्छ ।
चाैरसियाले अहिले जसपाबाट याे क्षेत्रमा उम्मेदवार बनेका व्याक्ति मनाेनयन दर्ताकाे केही दिन अघि मात्र कुन पार्टीमा थिए त्याे जनतालाई थाह भएकाे भन्दै त्यस्ता बहुरुपियाबाट जनता सजग रहेकाे बताए । उनले भने, चुनावै पिच्छे पार्टीकाे नाम र चुनाव चिन्ह फेर्दै हिड्ने पार्टीका उम्मेदवारसंग मेराे प्रतिस्पर्धा नै छैन , यश क्षेत्रमा काँग्रेस भारी मतले जित्दैछ ।
रात्रि सभालाई पर्सा २ काे (क) का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल , काँग्रेस नेता बैकुण्ठ श्रीवास्तव लगायतले पनि सम्बाेधन गरेका थिए ।
The post चुनावै पिच्छे नाम र छाप फेर्ने पार्टीको उम्मेदवारसंग मेराे प्रतिस्पर्धा नै छैन : चाैरसिया appeared first on Madhes Khabar.
प्रतिक्रिया