मधेसखबर
वीरगन्ज, ०१ मंसिर : बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य जितेन्द्र सोनल प्रति युवा मतदाताको पनि समर्थन बढ्दै गएको छ ।मंसिर ४ को निर्वाचनको मुखैमा श्रेष्ठ र सोनललाई जिताउन भन्दै विभिन्न दल त्यागेर युवाहरु गठबन्धनको पक्षमा लागिरहेका छन् ।
यसैक्रममा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियादमा बिहीबार नेकपा एमालेका दर्जनौ युवाहरु पार्टी परित्याग गरि गठबन्धनको घटक दल नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । बुनयादमै आयोजित कार्यक्रममा एमालेका युवा नेता आकाश कुमार मण्डलको नेतृत्वमा २० जना युवा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुरूलाई नेकपा एकिृत समाजवादीका नेता एंव प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठ र नेता जयप्रकाश यादवले माला र टीका लगाउनुका साथै गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
एमाले मधेस र देशको अहित गर्ने पार्टी भएको तथा नीति , सिद्धान्त भन्दा पनि केपी ओलीको एकलौटी निर्देशनमा चलेकाले आफुहरु एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेको नवप्रवेशी युवाहरुले बताए । उनिहरुले बारा ४ मा प्रतिनिधीसभा सदस्यमा श्रेष्ठ र प्रदेशसभा सदस्यमा सोनलललाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
The post बारा ४ मा एमालेका युवाहरु नेकपा एसमा प्रवेश , श्रेष्ठले गरे स्वागत appeared first on Madhes Khabar.
प्रतिक्रिया