मधेसखबर
वीरगन्ज ,२२ कार्तिक : पर्सा क्षेत्र नम्बर २ का राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश कुमार साह कानु प्रति युवा मतदाताहरुकाे पनि आकर्षण बढ्दै गइरहेकाे छ ।
हिन्दु राष्ट्र र राजतन्त्रकाे पुनःस्थापना तथा संघियता खारेजीकाे मूल नारा बाेकेकाे राप्रपाका उम्मेदवार साह, घरदैलाे र मतदातासंग भेटघाटका क्रममा पुग्दा युवाहरुले उनलाई समर्थन गर्न थालेका छन्।
मङ्गलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा मतदातासंग साक्षात्कार गर्न पुगेका कानुलाई स्थानीय युवाहरुले स्वस्फूर्त रुपमा भेला भएर राप्रपालाई नै यसपालि मत दिने प्रतिबद्धता जनाए ।
युवा मतदाताहरुसंग भेट्दै राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार साहले भ्रष्टाचार अन्त्य र भ्रष्टाचारी नेताकाे पत्तासाफ गर्नकै लागि आफ्नो उम्मेदवारी भएकाे बताए । उनले अहिले सम्म शासन सत्तामा रहेका दल र नेताहरुले भ्रष्टाचार गरेर देशलाइ कंगाल बनाउनु बाहेक केही नगरेकाे भन्दै अब भने ती भ्रष्टाचारी दल र नेताहरुकाे दिन सकिन लागेकाे बताए ।
राप्रपाले जिते लगत्तै पहिलाे निशाना भ्रष्टाचारी नेताहरुलाई बनाउने भन्दै साहले हिन्दू राष्ट्र घाेषणाा, राजतन्त्रकाे पुनस्र्थापना र संघियताकाे खारेजी पनि गर्ने वाचा गरे ।
The post पर्सा २ मा राप्रपा उम्मेदवार साह प्रति युवा मतदाताकाे आकर्षण बढ्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया