प्रमाेद यादव
वीरगन्ज ,०४ मंसिर :पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ गादीको बेल्वा स्थित थारु सेवा सदन स्थित मतदान केन्द्रमा राेकिएको मतदान पुन शुरु भएको छ ।
प्रत्यक्ष तर्फ प्रतिनीधि सभा सदस्यका लागि दिनुपर्ने मतपत्रकाे सट्टा प्रदेश सभा सदस्यकाे मतपत्र दिएको पाईएपछि आईतबार दिउँसाे १ बजे देखि मतदान स्थगित भएको थियाे ।
७ सय ५७ मतदाता रहेको मतदान केन्द्रमा ४ सय ७४ जनाले मत खसाई सकेकाे अवस्थामा मतदान स्थगित भएकाे थियाे। मतपत्र बदलिएपछि पहिलोमा ५४ जना र तेस्रो बाक्सामा ५१ जना मतदाताले मत खसाईसकेका थिए । मतपत्र ठेली बदल्दा फरक परेपछि समस्या उत्पन्न भएको थियो ।
प्रतिनीधि सभा तर्फ प्रत्यक्षका लागि भनेर हालिएको मत प्रदेशसभामा र प्रदेश सभालाई भनेर हालिएको मत प्रदेश सभाका लागि परेको भन्दै विवाद भएपछि मतदान स्थगित भएको थियो ।
मतदाता पहिचान गरेर उनीहरुलाई पूनः मतदान गर्न लगाउने सहमित पछि अपरान्ह पाैने ४ बजे देखि पुन मतदान शुरु भएकाे पटेर्वासुगौली गाउँपालिका– २ का वडा अध्यक्ष विजय गैरेले जानकारी दिए ।
पर्सा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले मतपत्र बदलिनु सामान्य समस्या भएको बताए । उनले देशका धेरै ठाउँमा यस्तो समस्या देखिएको बताउँदै अपरान्ह पाैने ४ बजे देखि पुन मतदान शुरु भएकाे जानकारी दिए ।
The post बेल्वामा राेकिएकाे मतदान पुन शुरु appeared first on Madhes Khabar.
प्रतिक्रिया