मधेसखबर
वीरगन्ज,२८ असोज : बिहीबार बेलुकी प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर एमालेसंग चुनावी तालमेल गरेको जसपाका चार मन्त्रीलाइ पदमुक्त गरेको प्रतिशोधमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेश सरकारबाट कांग्रेसका तीन मन्त्री पदबाट बर्खास्त गरेका छन् ।
यसले निर्वाचनका बेला राजनीतिक अस्थिरता निम्तने सक्ने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
सत्ता गठबन्धन छाडेर जसपाले एमालेसँग चसनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार बेलुकी संघीय सरकारमा जसपाबाट सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।
त्यसैको प्रतिशोधमा शुक्रबार मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरु भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाइ बखाृस्त गरेका हुन् ।
काँग्रेसका मन्त्रीहरुलाइ बर्खास्त गरे पनि मुख्यमन्त्री राउतले मधेश सरकारमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र्रका मन्त्रीहरुलाइ भने यथावत नै राखेका छन् । जबकी ती दुवै दल काँग्रेस नेतृत्वकै सत्तागठबन्धनमा छन् ।
प्रदेश सरकारमा एकिकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।
काँग्रेस र जसपा बिच चलेको राजनीतिक प्रतिशोधले निर्वाचनका बेला अस्थिरता निम्त्याउन सक्ने जोखीम देखिएको मधेसका राजनीतिक विश्लेषकहरु बताउछन् ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर काँग्रेस र जसपाले राजनीतिक प्रतिशोधमा एक अर्काका मन्त्रीलाइ बर्खास्त गरेको बताउछन् । उनि भन्छन्,‘ सत्ता गठबन्धनबाट जसपा बाहिरएपछि संघीय सरकारमा रहेका उसका मन्त्रीहरुले नैतिक रुपमा राजीनामा दिएर सरकारबाट पनि बाहिरिनु पथ्र्यो , तर उनिहरुले राजीनामा दिएनन् , त्यसपछि प्रधानमन्त्रीले बर्खास्त गरिदिए , त्यसैको प्रतिशोधमा मधेस सरकारबाट जसपाका मुख्यमन्त्रीले काँग्रेसंका मन्त्रीहरुलाइ हटाइ दिए ।
उनी थप्छन् ,‘ यसरी राजनीतिक प्रतिशोधमा मन्त्रीहरु हटाउदै जाने हो भने अन्य प्रदेशमा पनि जसपाका छन् उनिहरुलाई पनि हटाउने प्रवृति शुरु हुन सक्छ , हुन त अहिले चुनावको बेला भएकाले खासै ठूलो राजनीतिक अस्थिरता हुदैन होला तर चुनावी सरकारमा कसरी बस्ने , को बस्ने , कसरी चुनावी सरकार प्रति सबैको विश्वास हुने ? यो महत्वपूर्ण पक्ष हो । मलाइ लाग्छ राजनीतिक दलहरु यसमा चुके , यो राम्रो पक्कै होइन ।
अर्का राजनीतिक विश्लेषक वीरेन्द्र यादवले प्रतिशोधमा मन्त्रीहरु हटाउनु दुर्भाग्यपूर्ण अवस्था भएको भन्दै यसले राष्ट्रिय राजनीतिमा नकारात्मक असर पार्नसक्ने बताए । उनले अहिलेको राजनीतिक गतिविधिका कारण भविष्यमा पनि असर देखिनसक्ने बताए । उनले केन्द्र र प्रदेश सरकारबीच यस्ता गतिविधिले समन्वय पनि बिग्रन सक्ने बताए ।
यादवले भने ,‘ राष्ट्रिय राजनीतिमा अहिले जुन एकताको खाँचो छ, त्यसमा अवरोध सिर्जना हुनसक्छ। यसको असर चुनावपछि पनि सरकार गठन र निरन्तरतामा पर्नसक्ने उनको भनाइ छ । निर्वाचन पछि बन्ने सरकार, राजनीतिक पद बाँडफाँड र विकासमा पनि चुनौती सिर्जना हुन सक्ने उनको तर्क छ।उनले भने ,‘ यसले निष्पक्ष निर्वाचनमा पनि असर गर्नसक्छ ।
The post मन्त्री हटाउने होडबाजीले चुनावका बेला अस्थिरता आउन सक्छ appeared first on Madhes Khabar.
प्रतिक्रिया