मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा नेता कार्यकर्ताहरुसंग चुनावी छलफल गरेका छन् ।
सोलखपुरमा सांसद प्रदीप यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित ऐतिहासिक थारु नाँचघरमा आयोजित छलफल कार्यक्रममा सहभागी जसपाका अगुवा नेता कार्यकर्ता र स्थानीय बुद्धिजीवीहरुले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफुहरु लागि परेको बताए ।
उनिलहरुले पर्सा १ का जनताले पनि चुनाव ताका मात्रै गाँउघरमा आउने तर चुनाव जितेर गइसकेपछि फर्केर पनि नआउने नेता भन्दा विकासको काम गर्ने र जनताको साथमा रहने उम्मेदवार यादवलाई यसपालि फेरि मत दिएर जिताउने मनसाय बनाइसकेको पाइएको बताए ।त्यसका कारण पर्सा १ मा प्रतिनिधीसभा सदस्यमा यादवको जित सुनिश्चित हुदै गइरहेको उनिहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले विगतको पाँच बर्षको कार्यकालमा आफुले पर्सा क्षेत्र नम्बर १ को विकास र समृद्धिलाई मुलमन्त्र बनाएर कामहरु गरेको बताए । यहि क्षेत्रमा पर्सा मात्र नभइ नेपाललाई नै अन्र्तराष्ट्रिय स्तरमा चिन्हाउने गरि अन्र्तराष्ट्रिय स्तरको प्राकृतिक चिडियाखाना निर्माणको काम पनि शुरु गराइसकेकाले जनताले अवश्य मुल्यांकन गर्ने यादवले बताए ।
The post जसपाका अगुवा नेताकार्यकर्ता भन्छन् : जनता पनि काम गर्ने नेताको पक्षमा रहेकाले प्रदीप यादवको जित सुनिश्चित छ appeared first on Madhes Khabar.
प्रतिक्रिया