मधेसखबर
वीरगन्ज ,०४ कार्तिक : शुक्रबार बाराको जीतपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले आफ्ना आलोचकलाई आफ्नै हैसियत विर्सेर तुच्छ शव्द प्रयोग गरेका छन् ।
पत्रकार ऋषि धमलाको एक चुनाबी बहसमा सहभागि भएका बारा क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका श्रेष्ठ माथि प्रश्न उठाएकै आधारमा उनले आलोचकहरुलाई अति तुच्छ शव्द प्रयोग गरेका हुन् । बहसमा सहभागि जीतपुरसिमरा उपमहानगरका यूवाहरुले सोधेको एक प्रश्नको जवाफ दिन नसकेपछि नेता श्रेष्ठले ‘साला भाडाका टट्टुहरु’ भन्दै प्रश्न टारे ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा आफ्ना पक्षमा प्रश्न गर्न र ताली पड्काउन पार्टीका नेता, केही यूवा र पत्रकार समेत लिएर सहभागि भएका नेता श्रेष्ठले आफ्नो विपक्षमा प्रश्न सोध्ने सहभागिलाई तुच्छ शव्द प्रयोग गर्दै गाली गलौज गरेका हुन् ।
बहसमा सहभागि भएका एमाले उम्मेदवार एकबाल मियाँ र स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्ले पक्षधर केही दर्शकले श्रेष्ठको आलोचना गरेपछि उनी आफ्नो पूर्वमन्त्रीको हैसियत समेत विर्सिएर गाली गलौजमा उत्रिदै भने ‘साला भाडाका टट्टुहरु’ ।
श्रेष्ठले बोलेको यो तीन शव्द यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ र उनको चर्को आलोचना भइरहेको छ ।
The post पैसाकाे बलमा चुनाव लडेका किसान श्रेष्ठले मतदातालाई भने : भाडाका टट्टुहरु appeared first on Madhes Khabar.
प्रतिक्रिया