मधेसखबर
वीरगन्ज, १५ असोज : भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरे ।
यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसी सहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो । अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य छ ।
कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए । साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् ।
रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानीले भने भारतले फाइभ–जी सर्भिस सुरु गर्न ढिलो गरेको बताएका छन् ।
उनका छोरा आकाश अम्बानी रिलायन्स जियोका प्रमुख हुन् र रिलायन्स जियोले फाइभ–जी सर्भिस कहिले सुरु गर्ने भनेर बताएको छैन ।
तर मुकेश अम्बानीले भने २०२३ सम्म देशको हरेक कुनामा फाइभ–जी सर्भिस सुरु गर्ने दाबी गरे । यसको अर्थ रिलायन्सको फाइभ–जी सर्भिस एयरटेलभन्दा पहिला धेरै मानिसमा पुग्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।साभार : अनलाइनखबर
The post भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ–जी मोबाइल सर्भिस appeared first on Madhes Khabar.
प्रतिक्रिया